default_image

8 years ago

April 20, 2017

चौराहा डीपीएलको फाइनलमा प्रवेश

132 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको भारी अन्तर ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

विशाल लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको रुपन्देही ८० रनमा अलआउट भएको थियो। १५.२ ओभर मात्र टिकेको रुपन्देहीको पारीमा जम्मा ३ जना ब्याट्सम्यानले दोहोरो अंक छोए। राजेश पुलामी र कृष्ण कार्कीले सर्वाधिक १४ रन बनाएका थिए भने पुष्प थापाले १३ रन जोडे। ओपनरद्वय हरिशंकर साह ४ रन र शंकर राना ९ रनमा आउट भए। बिक्रम सोब ५, प्रकाश केसी ८ र अन्तिम थापा १ रन बनाएर पेभेलियन फर्केका थिए।

चौराहाको लागि आरीफ शेखले २ ओपनरलाई बोल्ड गरेका थिए भने सौरभ खनाल र ललित राजवंशीले समान ३/३ विकेट लिए। सुशन भारीले अन्तिम विकेट लिएका थिए।

यसअघि,कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाऊँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो। खड्काले ४१ बलमा अविजित ६७ रन बनाऊँदै प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए। ओपनर राजु रिजाल र अनिल कुमार मण्डलले राम्रो सुरुवात दिलाएर ठुलो स्कोरको लागि आधार तय गरेका थिए। मण्डलले ११ बलमा १३ रन बनाए भने राजुले २८ बलमा २५ रन जोडे। पृथु बास्कोटा र आरीफ शेख क्रमश: ४ र ७ रन बनाऊँदै आउट भएपनि कप्तान खड्काले आफ्नो तर्फबाट लगातार रन बनाइरहेका थिए।

३२ बलमा अर्धशतक पुरा गरेका पारसले आफ्नो पारीमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए। उनले छैठौं विकेटका लागि सौरभ खनालसंग १९ बलमा अविजित ४३ रन बनाएका थिए। सौरभले ८ बलमा २ चौका र २ छक्काको मद्दतले २४ रन जोडे। अमर सिंह राउटेलाले पनि १२ बलमा ३ चौकाको सहायताले १६ रन बनाएका थिए।

रुपन्देहीका बलरहरुले राम्रो प्रदर्शन गर्न नसक्दा चौराहाका ब्याट्सम्यानले खुलेर रन बनाएका थिए। कृष्ण कार्कीले २ विकेट लिन ४० रन खर्चे भने बिक्रम भुसाल र साहब आलमले पनि १/१ विकेट लिए।

उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका कप्तान पारस खड्का खेलका म्यान अफ द म्याच भए। चौराहाले शनिबार हुने फाइनल खेलमा बिराटनगर किङ्सको सामना गर्नेछ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.