default_image

8 years ago

April 20, 2017

हैदराबादको जितमा विलियमसन नायक

101 views

0 Bookmark

एजेन्सी – केन विलियमसन र शिखर धवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि सनराइजर्स हैदराबादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ।

इन्डियन प्रिमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो। कप्तान डेविड वार्नर ४ रनमै आउट भएपछि केहि दबाबमा देखएको टोलीलाई विलियमसन र धवनले सम्हालेका थिए।

दोश्रो विकेटका लागि १३६ रनको साझेदारी गर्ने क्रममा विलियमसनले ५१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ८९ रन बनाए। धवनले ५० बलमा ७० रन बनाउँदै टोलीलाई राम्रो योगफल तर्फ अग्रसर गराएका थिए। हैदराबादको सबै विकेट क्रिस मोरीसको नाममा रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ओपनर स्याम बिलिङ्सलाई सस्तैमा गुमाएपनि दोश्रो विकेटका लागि करुन नायर र सन्जु स्यामसनको साझेदारीले उकालो लाग्यो। तर, युवराज सिंहको एकै ओभरमा नायर र रिसब पन्त आउट भएपछि दिल्लीको गति गम भयो। स्यामसनले ३३ बलमा ४२ रन बनाए भने नायरले २३ बलमा ३३ रन जोडे।

श्रेयस ऐरले ३१ बलमा ५० रनको आक्रमक पारी खेलेपनि अर्को तिरबाट राम्रो सहयोग नमिल्दा दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रनमा अड्कियो। हैदराबादका मोहम्मद सिराजले २ विकेट लिए भने कल र युवराजको नाममा १/१ विकेट रह्यो।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.