8 years ago
April 19, 2017
राजकोट (एजेन्सी) – बेंगलोरको ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार भएको खेलमा गुजरात लायन्सले घरेलु मैदानमा २१ रनको हार व्येहोरेको छ।
टस जितेर फिल्डीङ रोजेको गुजरातको लागि बलरहरु चल्न नसकेपछि ठुलो लक्ष्यको सामना गर्नुपरेको थियो। बेंगलोरले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै २ सय १३ रनको योगफल तयार पारेको थियो। ओपनर क्रिस गेल र कप्तान विराट कोहलीले पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय २२ रनको साझेदारी गरेका थिए। बसिल थम्पीको बलमा एलबिडब्लु आउट हुनुअघि गेलले ५ चौका र ७ छक्काको मद्दतले ३८ बलमा ७७ रन बनाए। कप्तान कोहलीले ५० बलमा ६४ रन जोडेका थिए। ट्राभिस हेदले १६ बलमा अविजित ३० रन बनाएका थिए भने केदार जाधावले १६ बलमै अविजित ३८ रन जोडे।
२१४ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले दोश्रो ओभरमै ओपार ड्वेन स्मिथलाई गुमाएको थियो। अर्का ओपनर ब्रेन्डन मक्कुलमले ४४ ब्बलमा ७२ रन बनाउँदै टोलीलाई लक्ष्यतर्फ अग्रसर गराएका थिए। अन्य कुनै ब्याट्सम्यानले ठुलो पारी खेल्न नसकेपछि गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९२ रन बनायो।
गुजरातका कप्तान सुरेश रैनाले ८ बलमा २३ रनको आक्रमक पारी खेलेका थिए। सातौं नम्बरमा ब्याटिङ गरेका इशान किसनले पनि १६ बलमा ३९ रनको उत्कृष्ट पारी खेलेका थिए। बेंगलोरको लागि युजवेंद्र चहलले ३ विकेट लिए भने पवन नेगी, एडम मिल्न र श्रीनाथ अरविन्दको नाममा १/१ विकेट रह्यो।
आजको खेलमा ७७ रनको पारीसंगै टि२० क्रिकेटमा १० हजार रन पुरा गरेका क्रिस गेल खेलको म्यान अफ द म्याच भए। ट्वान्टी-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने गेल पहिलो खेलाडी हुन्।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]