default_image

8 years ago

April 18, 2017

धनगढीमा विराटनगर किंग्सको परोपकारी काम

100 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपिएल) विराटनगर किंग्सले बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सको सामना गर्नेछ । क्वालिफायर्सको अघिल्लो दिन मंगलबार शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले मंगलबार परोपकारी कामका लागि समय निकाल्यो । धनगढीमा रहेको जनजाती कल्याण आश्राम आमाको माया छात्रबासमा गएर किंग्सले खेलकुद लगायतका सामाग्री प्रदान गर्यो ।


विराटनगर किंग्सका कप्तान शरद भेषावकर जनजाती कल्याण आश्रमका बालकलाई ब्याटिङ सिकाउँदै ।

१० वर्ष अगाडि धनगढी ५, तारानागरमा स्थापना रहेको छात्रबास मा अहिले २१ बालकहरुले आश्रय लिइरहेका छन् । २ सय घरबाट मुठ्ठि दान गरेर आश्रम चलाउदैं आइएको छ आश्रमका अध्यक्ष देवकुमार चौधरीले जानकारी दिए । विराटनगरका खेलाडी आशिफ शेख र सन्दीप लामिछानेले आश्रमका बालकहरुलाई आवश्यक स्टेशनरीका सामान, खाधन्न, खेल्ने सामाग्री प्रदान गरेका थिए । टोलीका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ब्याट प्रदान गरे ।

‘धनगढी आएको पहिलो दिन देखि हामी कुनै अनाथलमा गएर आफ्नो तर्फबाट केही गर्न चाहान्थ्यौं । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र आयोजक समितिका सौरभ ओझासँग सल्लाह गरेका थियौं,’ कप्तान शरदले भने, ‘ मान्छे भएपछि उसले समाजमा केही योगदान दिनुपर्छ । सबैको आ आफ्नो क्षेत्र र कार्य हुन्छ तर जो जहाँ भए पनि एउटा मानवीय हिसाबमा केही गर्नुपर्छ भन्ने सोचाईमात्र हो ।’
उनले यो सामाजीक कार्य टिम बनाउने एउटा प्रयास भएको पनि बताए । आश्रमका बालकहरुसँग शरद र सन्दीपले टेनिस बलमा ब्याटिङ गरेका थिए भने अन्य केही खेलाडीले आश्रमका बालकलाई बलिङ गरेका थिए । आश्रमका अध्यक्ष चौधरीले आश्रममा बालकहरुलाई हिन्दु संस्कार र संस्कृति सिकाइने जानकारी दिए ।

आश्रमका बालकहरुलाई स्थानिय विद्यालयहरुले निशुल्क छात्रबृद्धि दिएको पनि चौधरीले जानकारी दिए बताए । आश्रमका अविभावक नभएका र भएका दुवैथरी बालकहरु रहेका अध्यक्ष चौधरीले जानकारी दिए । चौधरीले आफुले बालकहरुलाई डिपीएल हेर्न लगेको र उनीहरुले मनोरञ्जन लिने गरेको बताए ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.