8 years ago
April 18, 2017
भारत (एजेन्सी)- जारी इन्डियन प्रिमियर लिगको आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले किङ्गस् ११ पन्जाबलाई ५ रनले पराजित गरेको छ।
घरेलु मैदानमा टस हार्दै पहिले ब्याटिंग गर्ने निम्तो पाएको हैदराबादले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादकालागि ओपनिंग ब्याट्सम्यान डेभिड वार्नर पुरा इनिंग नटआउट रहदै ५४ बल खेलेर टोलिका लागि सर्बाधिक ७० रन बटुलेका थिए भने नमन ओझाले ३४, शेखर धवनले १५ तथा दिपक हुडाले १२ रनको योगदान दिएका थिए। पन्जाबकालागि मोहित शर्मा र अक्सर पटेलले २-२ तथा कारीआप्पा र सन्दिप शर्माले १-१ विकेट लिएका थिए।
१६० रनको लक्ष्य लिएर ब्याटिंग गर्न उत्रेको पंजाब १९.४ रनमा अलआउट हुदै १५४ रनमात्र बनाउन सफल भयो। इनिंगको पहिलो बलमै हसिम आम्लाको विकेट गुमाएको पंजाबकालागि मनन भोहराले सर्बाधिक ९५ रन बनाए। मननलाई कसैले पनि गतिलो साथ दिन सकेनन। पंजाबलाई १५४मा रोक्ने क्रममा हैदराबादकालागि भुवनेश्वर कुमारले ५, रशिद खानले २ तथा नाबी, कुल र हेनरिकेजले १-१ विकेट लिन सफल भए।
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]