9 years ago
October 12, 2015
काठमाडौं, असोज २५
दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए ।
अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित सदस्यमा प्रफुल्ल वैद्य, दुर्गानाथ सुवेदी, सुदीप शर्मा, राजु बस्न्यात, अमितवीर पाण्डे, अजयवीर पाण्डे, राजन घले, महेश्वरी डंगोल, सचिन तिमल्सेना, विजितध्वज चन्द र दीपेश पौडेल छन् ।
निर्वतमान सदस्य उपेन्द्र भटट्राई संघले बन्दसत्रमा पछिल्लो १० बर्षमा जिल्ला संघले कमजोरी गरेको र त्यसमा आफु पनि जिम्मेवार रहेको बताएका थिए । बन्द सत्रको सुरुआतमै आफ्नो भनाई राखेपछि उनले निर्वाचन प्रक्रियामा भने भाग लिएनन् ।
नेपाल क्रिकेट संघको विधान अनुसार अब ५ जना मनोनित हुनेछन् । जिल्ला संघका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र १२ सदस्य रहने व्यवस्था छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]