8 years ago
April 16, 2017
मुम्बई(एजेन्सी) – इन्डियन प्रिमिएर लिगमा आइतबारको खेलमा घरेलु टोली मुम्बईले गुजरातमाथि ६ विकेटको जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । पाँच खेलमा ४ जित संगै मुम्बईको ८ अंक छ । १ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी रहंदा जित हासिल गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षति १ सय ७६ रन बनाएको थियो । १ रनमा पहिलो विकेट गुमाएको गुजरातको लागि ब्रेन्डन म्याक्कलम र सुरेश रैनाको ८० रनको साझेदारीले इनिङ्स सम्हालेको थियो। रैना २८ रन बनाउदै आउट भए भने म्याक्कलमले ६४ रनको योगदान दिए । पाचौ विकेटमा आएका दिनेश कार्तिकले २६ बलमा ४८ रन बनाउदै गुजरातलाई प्रतिस्प्रधात्मक स्कोर तर्फ डोर्याए । मुम्बईका मिचेल म्याकक्लिनघनले २ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले १ विकेट लिए।
१ सय ७७ रनको लक्ष्य पछ्याएको मुम्बईले शुन्यमै पहिलो विकेट गुमायो । इनिङ्सको दोस्रो बलमा पार्थिब पटेललाई गुमाएको मुम्बईका लागि दोश्रो विकेटका लागि नितिश राना र जोस बटलरबिचको ८२ रनको साझेदारीले खेलमा फर्किन मद्धत गर्यो । राना ९ रनमा छँदा जेसन रोयले क्याच छुटाएपछि उनले अर्धशतक प्रहार गरेका थिए । ५३ रन बनाउदै कट बिहाइन्ड भएका राना र २६ रन बनाएका बटलर आउट भएपछि कप्तान रोहित शर्मा र किरोन पोलार्डको योगदानले मुम्बईले जित हासिल गर्यो । रोहितले २९ बलमा ४० रन जोडे भने पोलार्डले २३ बलमा ३९ रनको योगदान दिएका थिए । गुजरातका लागि एन्ड्रयु टाईले २ विकेट लिए भने मुनाफ पटेल र प्रविन कुमारले १ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]