default_image

8 years ago

April 16, 2017

रुपन्देहीको अपराजित यात्रा कायमै

93 views

0 Bookmark

धनगढी(हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गरेको छ। चार खेलमा चौथो जितसंगै रुपन्देहिले लिग चरणमा आफ्नो शीर्षस्थान पक्का गरेको छ।

अंचल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनको योगफल तयार परेको थियो। ओपनर शंकर रानालाई शुन्यमा गुमाएको रुपन्देहीका लागि अर्का ओपनर हरिशंकर साहले १४ रन प्रहार गरे। पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका नुरध्वज सेनले ७ रन मात्र जोड्न सके। पुष्प थापाले १७ रन बनाए भने राजेश पुलामी मगर १ रन बनाउदै दोश्रो बलमा पेभेलियन फर्के।

रुपन्देहीका लागि अन्तिम थापाले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा १ छक्का र ५ चौकाको मद्दतले ४५ रन बनाएका थिए। उनले कृष्ण कार्कीसंग मिलेर सातौं विकेटका लागि ४.२ ओभरमा ४७ रन जोडेपछि टोलीले राम्रो स्कोर खडा गरेको थियो। कृष्णले १६ बलमा २ छक्का र १ चौकाको मद्दतले २२ रन बनाए। बिराटनगरको लागि सुशील कँडेल र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिएका थिए। पवन शर्राफ, सन्दिप लामिछाने, शरद भेषावकर र किशोर महतोले १/१ विकेट बाँडे।

१३३ रनको लक्ष्य पछ्याएको बिराटनगरले एकदम खराब सुरुवात गरेको थियो। दिपेश श्रेष्ठले पारीको दोश्रो बलमै ओपनर राकेश कर्ण कट बिहाईन्ड गराउँदा तेश्रो ओभरमा आसिफ शेखलाई बोल्ड र दिपेन्द्र सिंह ऐरिलाई क्याचआउट गराए। १० रनको स्थितिमा ३ विकेट गुमाएको बिराटनगरको लागि कप्तान्न शरद भेषावकरले मात्र दोहोरो अंकमा स्कोर बनाए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका साहब अलामले आफ्नो फर्मलाई जारी राख्दै ४ विकेट लिए। उनले पहिलो स्पेलमा आकाश थापा (८), प्रनित थापा मगर (०), र अनिल शाह(३)को विकेट लिए। पवन शर्राफले ३ रन जोड्दै कृष्ण कार्कीको बलमा आउट भए। शरद भेषावकरले ४७ बलमा २ छक्का र १ चौकाको मद्दतले ३४ रन जोडे। उनलाई साहब आलमले आउट परेका थिए। प्रतियोगिताकै कम स्कोर बनाउने क्रममा रुपन्देहीले आफ्नो सबै विकेट १८.१ ओभर खेल्दै ७१ रनमा गुमाएको थियो। रुपन्देहीका लागि साहब आलमले ४ तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/३ विकेट लिए।

खेलको म्यान अफ द म्याच रुपन्देहीका साहब आलम भए।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.