default_image

8 years ago

April 15, 2017

जितसंगै कोलकता नाइट राइडर्स शीर्षस्थानमा

127 views

0 Bookmark

कोलकता (एजेन्सी) – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । चार खेलमा ३ जितसहित नाइट राइडर्सको ६ अंक छ ।
Vivo IPL 2017 M14 - KKR v SRH

तस्बिर – रोन गाउन्ट / एजेन्सी

टस हारेर ब्याटिङको निमन्त्रण पाएको नाइटराइडर्सले सनराइजर्स हैदराबादसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।
राम्रो सुरुवात गरेको हैदराबादको ४६ रनमा ओपनिङ साझेदारी टुटे पछि भने सम्हालिन भने सकेन । शिखर धवनले २३ रन बनाए भने डेभिड वार्नर २६ रन बनाउदै पेभोलियन फर्किए ।

त्यस्तै युवराज सिंहले २६ रन बनाए भने बिपुल शर्मा १ रनमा अविजित रहे । कोलकताका लागि क्रिस वोक्सले २ विकेट लिए । युसुफ पठान , कुलदिप यादव , सुनिल नारन र बोल्टको नामा समान १ विकेट रह्यो ।

त्यसअघि कोलकाताले निर्धारित ६ विकेटको क्षेतिमा १ सय ७२ रन बनाएको थियो । रबिन उथप्पाले ६८ रन बनाए भने उनलाई दोस्रो विकेटका लागि साथ दिएका मनिष पाण्डेले ४६ रन बनाए ।

खेलको म्यान अफ द म्याच उथप्पाले ५ चौका र ४ छक्का प्रहार गरे । निकै किफायती रहेका भुवनेश्वर कुमारले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.