default_image

7 years ago

April 15, 2017

‘म्यान अफ द म्याच’ सुशीलले गरे शरदको कप्तानीको तारिफ

68 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको धनगढीमा जारि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा बिराटनगर किङ्सले कन्चनपुर् आइकोनिकमाथि ५ विकेटको सहज जित निकालेको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको बिराटनगरले सुशील कँडेलको ‘म्यान अफ द म्याच’ प्रदर्शनको मद्दतले बिनोद भण्डारीको कप्तानीमा रहेको आइकोनिकलाई ८० रनमा समेट्यो। सुशीलले ४ ओभरमा १ मेडेन दिदै ८ रनमात्र खर्चेर ४ विकेट लिएका थिए। खेलपछि उनले आफ्नो कप्तान शरद भेषावकरको तारिफ गर्दै शरद योग्य र भिन्न कप्तान रहेको बताए। ‘शरद दाई एकदमै राम्रो कप्तानी गर्नुहुन्छ। वहाँको सोच अन्य कप्तानहरु भन्दा भिन्न छ’, उनले बताए।

त्यस्तै कँडेलले शरदको कप्तानीमा आफ्नो टिप्पणी दिंदै उनको कप्तानीले क्रिकेटको आधारभूत कुरामा भन्दा रणनितिक कुरामा ज्यादा ध्यान दिने बताए। डीपिएलमा पहिले ब्याटिङ गरेको टोलीले जितिरहेको अवस्थामा शरदले टस जितेर बलिङ रोज्दा धेरै जना आश्चर्यमा परेपनि उनको टोलीले कन्चनपुरलाई ८० रनमा समेट्यो। शरदले प्रतियोगिताको नतिजाहरु हेरेर भन्दा पनि पिचको अवस्था हेरेर बलिङ गर्ने निर्णय लिएको बताएका थिए ।

के भने सुशीलले ?

के भने शरदले ?

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.