8 years ago
April 15, 2017
धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिगमा आरिफ शेखको अर्धशतकको मद्दतले धनगढी टिम चौराहले काठमाडौँ गोल्डेन्स सामु १३७ रनको लक्ष्य तयार पारेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको चौराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो।
४५ बलको सामना गर्दै ५८ रन बनाएका आरिफ इनिङ्को अन्तिम ओभरमा सोमपाल कामीको बलमा बोल्ड भएका थिए। सोमपालको तेस्रो बलमा बोल्ड हुनुभन्दा १ बल अगाडीको ‘फुल टस’ बललाई आरिफले मिडविकेटको दिशा दिदैं प्रतियोगिताकै लामो छक्का प्रहार गरेका थिए। आरिफले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा बलरलाई समर्थन गरेको यो पिचमा दोस्रो अर्धशतक हो भने प्रतियोगिताकै व्यक्तिगत राम्रो स्कोर पनि हो। यसअघि अत्तरियाकालागि योगेन्द्र सिंह कार्कीले गोल्डेन्सविरुद्ध ५७ रन बनाएका थिए ।
१८ औ ओभरमा सोमपल कामिको पहिलो बलमा १ रन लिदै आरिफले आफ्नो अर्धशतक पुरा गरेका थिए ।
टिम चौराहकालागि पारीको सुरु गरेका अनिल मण्डलले २९ बलमा २९ रन जोडे भने सौरभ खनालले ८ बल खेल्दै १६ रनको योगदान दिए । बलिङ्तर्फ गोल्डेन्सका लागि सोमपाल र मन्जितले ३ विकेट लिए भने वसन्त रेग्मी र सन्तोष भट्टले १ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]