default_image

7 years ago

April 15, 2017

टाईको ह्याट्रिकमा गुजरातको पहिलो जित

53 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा एन्ड्रयु टाईले डेब्युमै उत्कृष्ट बलिङ गरेपछि गुजरात लायन्सले सिजनको पहिलो जित दर्ता गर्यो।

टस जितेर पहिलो बलिङ गरेको गुजरातके ओपनर रहानेलाई पहिलो बलमै पेभेलियन फर्काएर सुखद सुरुवात गरेको थियो। तेश्रो नम्बरमा आएका कप्तान स्टिभ स्मिथले राहुल त्रिपाठीसंग मिलेर दोश्रो विकेटको लागि ३२ बलमा ६४ रन जोडेपछि पुने खेलमा फर्किएको थियो। त्रिपाठी १७ बलमा ३३ रन बनाएर आउट भए भने स्मिथले ४३ रन बनाउन २८ बल खेले।

बेन स्टोक्सले एन्ड्रयु टाईको बलमा बोल्ड हुनुअघि २५ रन जोडे। धोनीले ८ बलमा ५ रन जोड्दै पुन: समर्थकहरुलाई निराश परेका थिए। मनोज तिवारीले ३१ रन र अंकित शर्माले २५ रन जोडेपछि पुनेले ८ विकेटको क्षतिमा १७१ रनको योगफल तयार पार्यो। एन्ड्रयुटाईले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए। उनलाई साथ दिंदै प्रविन कुमार, रबिन्द्र जदेजा र ड्वेन स्मिथले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ओपनरद्वय ब्रेण्डन मक्कुलम र ड्वेन स्मिथको राम्रो सुरुवात पायो। ८.५ ओभरमा ९४ रनको स्थितिमा आउट हुनुअघि ड्वेन स्मिथले ३० बलमा ४७ रन जोडे। मक्कुलमले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४९ रन बनाए। दिनेश कार्तिकले ३ रन मात्र जोड्न सके र उनि इमरान ताहिरको बलमा बोल्ड भए।

गुजरातलाई जित दिलाउन कप्तान सुरेश रैना ३५ रनको अविजित पारी खेले भने आरोन फिंचले ३३ रन बनाउदैं उनलाई साथ दिए। रैनाले २२ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए भने फिंचले आफ्नो १९ बलको पारीमा ३ चौका र २ छक्का हाने। पुनको लागि शार्दुल ठाकुर, इमरान ताहिर र राहुल चाहरले १/१ विकेट लिए।

पहिलो इनिङसमा ५ विकेट लिएका एन्ड्रयु टाई म्यान अफ द म्याच भए।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.