8 years ago
April 15, 2017
एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हरायो।
दिनको पहिलो खेलमा बेंगलोरले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मुम्बईले २.४ ओभरमा ७ रन जोड्दै ४ विकेट गुमाएपनि काइरन पोलार्डको आक्रामक पारीसंगै ४ विकेटको जित दर्ता गर्यो। पोलार्डले ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले ७० रन जोडेका थिए।
क्रुनाल पान्डयाले अविजित ३७ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे। मुम्बईको लागि मिचेल मक्लीनघनले २ विकेट लिए भने क्रुनाल र हार्दिक पाण्ड्याले १/१ विकेट लिए। पहिलो ब्याटिङ गरेको बेंगलोरले राम्रो सुरुवात गरेपनि अन्तिमतिर आफ्नो लय गुमाएको थियो। क्रिस गेल २२ रनमा आउट हुँदा डे भिलिएर्सले १९ रनमात्र जोडे। चोटका कारण सुरुका खेल गुमाएका बेङलोरका नियमित कप्तान विराट कोहलीले ४७ बलमा ६२ रन प्रहार गरेका थिए।
पवन नेगी १३ बलमा १३ रन जोड्दै अविजित रहे। सामुएल बद्रिले ४ विकेट लिंदै ४ ओभरमा ९ रन खर्चे भने स्तुअर्ट बीनि र योजभेंद्र चहलले १/१ विकेट लिए। काइरन पोलार्ड खेलको म्यान अफ द म्याच घोषित भए।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]