8 years ago
April 14, 2017
धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा आउट गरेका थिए ।
जितपछि मेहबुबले कडा मेहनतले नतिजा दिएको बताए । ‘ मैले राष्ट्रिय टोलीको क्याम्पमा २ महिना धेरै मेहेनत गरेको थिए ,’ उनले भने,‘ फिटनेसमा र बलिङमा मेहेनत गरेको नतिजा मैले केन्यासँगको खेलमा, बंगलादेशमा इमार्जिंङ कपमा र अहिले धनगढीमा पाइरहेको छु ।’
नेपाल क्रिकेट संघ ( क्यान ) निलम्बनमा रहँदा देशको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेकोमा उनले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगका आयोजकलाइ पनि धन्यबाद दिए । डिपिएल भइरहेको पिचको अवस्था र ब्याट्सम्यानले रन बनाउन नसक्नुको बारेमा धारणा राखेका छन् ।
भिडियोमा हेर्नुहोस
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]