8 years ago
April 13, 2017
एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा कोलकाता नाईट राइडर्सले किङ्स इलेभेन पन्जाबलाई ८ विकेटले पराजित गरेको छ।
टस जितेर फिल्डिङ गर्ने कोलकाताको निर्णयलाई पन्जाबका ओपनरद्वय हसिम अमला र मनन् भोहराले आक्रमक सुरुवात दिलाउँदै गलत तुल्याउने प्रयास गरेका थिए। तर, लगातार विकेट लिएपनि पन्जाबका ब्याट्सम्यामले आक्रमक ब्याटिङ जारी राखेपछि पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो।
पन्जाबका लागि मनन् भोहरा र डेविड मिल्लरले समान १९ बलमा २८ रन जोडेका थिए। ग्लेन म्यासवेलले १४ बलमा २५ रन जोडे भने हसिम अमललाले २७ र रिधिमान साहले १७ बलमा २५ रन जोडेका थिए। कोलकाताका उमेश यादवले ४ विकेट लिए भने क्रिस वोक्सले २ विकेट लिए। सुनिल नारायण, पियुष चावला र डे ग्राण्डहोमले समान १/१ विकेट लिएका थिए।
१७१ रनको ठुलो योगफल पछ्याएको कोलकाताको लागि सुनिल नारायण र गौतम गम्भीरले पारीको सुरुवात गरेका थिए। नारायणले बाउण्ड्री लाइननिर क्याच आउट हुनुअघि १८ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ३७ रन बनाए। कप्तान गौतम गम्भीरले ४९ बलमा अविजित ७२ रनको पारी खेले।
रोविन उथप्पाले १६ बलमा २६ रन बनाउँदा मनिष पाण्डेले त्यतिनै बलमा अविजित २५ रन जोडेका थिए। पन्जाबका वरुण आरोन र अक्षर पटेलले १/१ विकेट लिएका थिए।
ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका कोलकाताका सुनिल नारायण म्यान अफ द म्याच भए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]