8 years ago
April 13, 2017
धनगढि(हाम्रो खेलकुद) – धनगढि प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियामाथि ८ विकेटको सहज जित दर्ता गर्यो।
जारी प्रतियोगितामा दोश्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको यो पहिलो पटक थियो। अत्तरीयाले आफ्नो सम्पुर्ण विकेट गुमाउँदै जम्मा ९२ रन जोड्न सफल रह्यो। जवाफमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बिराटनगरको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर अमित श्रेष्ठलाई रनको स्थितिमा गुमाएको उसले सुरुको ३ ओभरमा बिराटनगरलाई ३/१को स्थितिमा रोकेको थियो।
खेलको चौथो ओभरमा प्रदिप एेरीले आसिफ शेखको क्याच ड्रप गरेपछि अत्तरियाले बिराटनगरमाथि थप दबाब सिर्जना गर्ने अवसर गुमाएको थियो। त्यसपछि आसिफ बलरमाथि हावी भए र उनले विजयी पारी खेल्ने क्रममा ३७ बलमा ५ चौका र २ छक्काको मद्दतले ४६ रन बनाए। दिपेन्द्र सिंह ऐरीले खेलको १२औं ओभरमा आफैंले विजयी रन प्रहार गरेपछि आसिफ ४६रनमा अविजित रहदैं बिराटनगरले खेल जितेको थियो।
खेलको ११औं ओभरमा पनि प्रदिपले आसिफको सहज क्याच छुटाएपछि उक्त सट छक्का भएको थियो। अक्सनमा महँगो रकममा अत्तरियामा पुगेका प्रदिपले जारी प्रतियोगिताको तिन खेलसम्म राम्रो प्रदर्शन गर्न सकेका
छैनन्।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]