default_image

8 years ago

April 13, 2017

कन्चनपुरको पहिलो जित , पारस सम्मिलित चौराहाको लगातार दोस्रो हार

102 views

0 Bookmark

धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सातौं खेलमा कन्चनपुर आइकनिकले धनगढी टिम चौराहालाई स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

Kanchanpur

१०६ रनको झिनो लक्ष्य पछ्याएको टिम चौराहाका चार ब्याट्सम्यानले रन बनाउन नसकेपछि आफ्नो हातबाट खेल गुमाएको हो । ४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएपछि चौराहाले अविश्वासनीय पराजयको सामना गरेको थियो ।

राजु रिजाललाई शुन्यमा गुमाएको चौराहाको इनिङ्स अनिल मण्डल र आरिफ शेखले केहीबेर सम्हालेका थिए । अनिल १२ रन बनाउदै आउट भएपछि २२ रनमा आउट हुनु अघि आरिफले कप्तान पारससँग ३४ रनको साझेदारी जमाए । कप्तान खड्का २३ रन बनाउदै पेभोलियन फर्किएपछि  राम्रो लयमा देखिएका पृथुको विकेट चौराहाको लागि घातक साबित भयो । १९ रन बनाएका पृथु चन्द्र सावदको बलमा ‘कट बिहाइन्ड’ भए । विकेट किपर हसिम अन्सारीको उत्कृष्ट क्याचको मद्दतले कन्चनपुरले चौराहाको पाचौं विकेट लिन सफल भएको थियो ।

१७ औं ओभरको पहिलो दुइ बलमा विकेट लिदै अभिनास कर्णले चौराहामाथि दबाब कायम गरे । पहिलो बलमा प्रेम तामाङलाई सहजै ‘कट एण्ड बोल्ड’ गरेका कर्णको दोस्रो बलमा सौरभ खनालको ब्याटको बाहिरि किनारामा लागेको बल हसिमले समात्दै कन्चनपुरलाई विकेट दिलाए । ओभरको अन्तिम बलमा कुशल भुर्तेलको ‘डारेक्ट हिटको ‘ मद्धतले सुसन भारी पनि रन आउट भए । चौराहाका रामनरेश गिरि र ललित राजबंशी शुन्यमा ललित भण्डारीको सिकार भएपछि चौराहाले ११ रनको पराजय भोगेको हो । अभिनास कर्ण खेलका म्यान अफ द म्याच भए । उनले ३ विकेट लिएका थिए । त्यस्तै ललित भण्डारीले दुइ विकेट लिए भने सुनिल धमला र सिद्धान्त लोहनीले १-१ विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा टस जितेर पहिले ब्याटिंग गरेको कन्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १०५ रन बनाएको थियो। कन्चनपुरले बनाएको लक्ष्य प्रतियोगिताको अहिलेसम्मको सबै भन्दा कम पहिलो इनिङ्स स्कोर हो । ओपनिंगमा सुनिल धमलाले ३९ रन र सागर पुनले २० रन बनाए भने छैठौं नम्बरमा आएका सिद्धान्त लोहनीले २० बलको सामना गर्दै २७ रन बनाए । सागर पुनले २० रन बनाउन ४३ बलको सामना गरेका थिए ।

बलिङ्तर्फ चौराहाका लागि रामनरेश गिरी र आरिफ शेखले २ विकेट लिए भने प्रेम तामाङ र सुसन भारीले समान १-१ विकेट लिए ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.