8 years ago
April 12, 2017
दिपेन्द्र पोखरेल
धनगढ़ी- सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो तेस्रो खेलमा बिराटनगर किंग्सलाई ८६ रनले पराजित गर्दै काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरको छ । खेलमा काठमाडौँ लायन्सका लागि ४४ रन प्रहार गरेका सुमित महर्जन म्यान अफ द म्याच घोषित भए ।
टस जितेर ब्याटिंग रोजेको काठमाडौँले निर्धारित २० ओभर खेल्दै ५ विकेट गुमाएर १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुरुवातबाटै राम्रो ब्याटिंग गरेको काठमाडौँका लागि ओपनरद्वय सुबेन्दु पाण्डे र नरेश बुडाएरले क्रमसः २७ र १३ रन प्रहार गरेका थिए । काठमाडौँका लागि ब्याटिंग गरेका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेपछि गोल्डेन्स प्रतियोगिताको अहिलेसम्मकै उच्च रन बनाउन सफल भएको थियो। काठमाडौँकालागि बसन्त रेग्मीले ३०, सुमित महर्जनले सर्वाधिक ४४, सोमपाल कामीले ३९ र अन्तिम बलमा १ रनलाई दुइमा परिणत गर्ने प्रयासमा रन आउट भएका भुवन कार्कीले ५ रन बनाएका थिए।
बिराटनगर किंग्सका लागि कप्तान शरद भेषवाकरले २ तथा सन्दिप लामिछाने र सन्दिप लामिछानेले १-१ विकेट लिन सफल भएका थिए।
१७३ रनको बिशाल लक्ष्य लिएर मैदानमा उत्रेको बिराटनगरले सुरुआतमै झड्का बेहोर्न पर्यो। ओपनरद्वय आशिफ सेख र अमित श्रेष्ठ सस्तैमा पेभोलियन फर्किएपछि बिराटनगरले ७ रनमै २ विकेट गुमाइसकेको थियो। बिराटनगरका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सकेका थिए। दिपेन्द्र सिंह एरीले मद्धक्रममा ३१, शरद भेषवाकरले १३ तथा जितेन्द्र मुखियाले ११ रन बनाएका थिए। बिराटनगर किङ्गले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ८७ रन मात्र बनाउन सक्यो । आजै भएको पहिलो खेलमा सस्तैमा समेटिएको अत्तरिया र बिराटनगरले बनाएको यो ८७ रन हालसम्म प्रतियोगिताकै थोरै स्कोर हो ।
बिजयी टिमकालागि सन्तोष भट्टले ३, भुवन कार्की र बसन्त रेग्मीले २-२ तथा सोमपाल कामी र मन्जित श्रेष्ठले १-१ विकेट लिन सफल भए।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]