default_image

8 years ago

April 11, 2017

स्याम्सनको शतकमा दिल्लीको जित

117 views

0 Bookmark

पुने (एजेन्सी) – सन्जु स्याम्सनले जारी आइपिएल सिजनकै पहिलो शतक प्रहार गरेपछि राइजिङ पुने  सुपरजाएन्ट्सले दिल्ली डेयरडेभिल्ससंग ९७ रनको हार व्येहोरेको छ

टस जितेर फिल्डीङ रोजेको पुनेले दिल्लीका ओपनर आदित्य तारेलाई दोश्रो ओभरमै आउट गरेपनि स्याम्सनको उत्कृष्ट पारीसंगै खेलमा राम्रो पकड बनाउन सकेन स्याम्सनले सिजनको पहिलो शतक बनाउने क्रममा ६३ बल खेल्दै १०२ रन जोडेका थिए उनले ८ चौका र ६ छक्का प्रहार गरे ओपनर स्याम बिलिङ्सले १७ बलमा २४ रन बनाए भने ऋशव पन्तले २२ बलमा ३१ रन जोडे निर्धारित २० ओभरमा दिल्लीले ४ विकेट गुमाऊँदै २०५ रनको विशाल योगफल तयार पारेको थियो

खेलको अन्तिम २ ओभरमा क्रिजमा उत्रिएका क्रिस मोरिसले ९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाएपछि दिल्लीले २०० रन पार गरेको थियो पुनेका लागि दिपक चाहर, इमरान ताहिर र एडम ज्याम्पाले १/१ विकेट लिएका थिए

ठुलो लक्ष्य पछ्याउन क्रिजमा उत्रिएको पुनेले सुरुवाती ओभर देखिनै लगातार विकेट गुमाएपछि खेलमा कुनै समय जिततर्फ अग्रसर देखिएनओपनर मयंक अग्रवालले पुनेका लागि सर्वाधिक २० रन जोडेका थिए नियमित कप्तान स्टिभ स्मिथ पेटका समस्याका कारण अनुपस्थित भएपछि रहानेले पुनको कप्तानी सम्हालेका थिए उनले ९ बलमा १० रन मात्र बनाए भने टोलीमा पहिलोपटक अटाएका राहुल त्रिपाठीले ५ बलमा १० रन जोडे

फाफ डु प्लेसिस (८), बेन स्टोक्स (२) र महेन्द्र सिंह धोनी (११) रनमा आउट भएपछि पुनेको मध्यक्रम फ्लप भएको थियो। रजत भाटियाले १६ रन र दिपक चाहरले १४ रन बनाऊँदै पुनको १०० रन कटाएका थिए। पुनेले १६.१ ओभरमा आफ्नो सबै विकेट गुमाऊँदै १०८ रनमात्र जोड्न सक्यो। पुनेका सबै ब्याट्सम्यान क्याचआउट भएका थिए।

दिल्लीका लागि कप्तान जाहिर खान र अमित मिश्राले समान ३/३ विकेट लिएका थिए। प्याट कमिन्सले २ तथा सहबाज नदिम र मोरिसले पनि १/१ विकेट लिए।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.