8 years ago
April 11, 2017
दिपेन्द्र पोखरेल
धनगढी – धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित गरेको छ । प्रतियोगितामा दुवै टोलि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। खेलको म्यान अफ द म्याच भुवन कार्की घोषित हुदै नगद १० हजार प्राप्त गरे।
टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो । खेलमा बिस्तारै रनगति बढाएको काठमाडौँका लागि आठौ नम्बरका ब्याट्सम्यान भुवन कार्कीले विस्फोटक ब्याटिंग गर्दै प्रतियोगितामा अहिलेसम्मकै ठुलो योगफल तयार गरेका थिए । १४ बलको सामना गरेका भुवन ३६ रन बनाउदै नटआउट रहे । उनले पांच चौका र दुइ छक्का प्रहार गरेका थिए । भुवनलाई सातौ विकेटमा साथ दिएका सन्दिप जोहोराले ५ बलमा १३ रन बनाएका थिए । कन्चनपुरका लागि अभिनाश कर्णले ३ विकेट लिए भने कमल सिंह ऐरी, कुशल भुर्तेल, सुनिल धमला र सोनु तामांगले समान १ विकेट लिए ।
प्रतियोगिताको अहिलेसम्मको सर्वाधिक लक्ष्य पछ्याएको कन्चनपुरले राम्रो सुरुवात गरेको थियो । सुनिल धमलालाई व्यक्तिगत १४ रनमा गुमाएको कन्चनपुरले सागर पुन र हासिम अन्सारी बीचको साझेदारीले १० ओभरको अन्त्यमा १ विकेट गुमाउदै ६९ रन बनाएको थियो ।
लंग अनमा हासिम अन्सारीको लामो प्रहारलाई बाउन्ड्रीमा भुवन कार्कीको उत्कृष्ट क्याचसंगै तोडिएको साझेदारीले काठमाडौँलाई खेलमा फर्काएको थियो । अन्सारीको प्रहारलाई पहिले उफ्रदै बाउन्ड्रीभित्र ढकेलेका भुवनले दोस्रो प्रयासमा क्याच लिएका थिए । ६ चौका प्रहार गर्दै ४० रन बनाएका सागर पुनलाई पनि सोहि स्थानमा क्याच गरेका भुवनले खेलमा अलराउण्ड प्रदर्शन गरे ।
सागर पुन र हसिम अन्सारीको पतनसंगै रोकिएको कन्चनपुरले अर्को १३ रन बनाउदा ५ विकेट गुमाएपछि प्रतियोगितामा लगातार दोस्रो हारको सामना गरेको हो । काठमाडौँका लागि कप्तान वसन्तले ४ ओभरमा २ विकेट लिदै १२ रन मात्र खर्चिए भने सन्तोष भट्टले पनि २ विकेट लिए । काठमाडौँका मन्जित श्रेष्ठ , सोमपाल कामी र सन्दिप जोहराले १-१ विकेट लिए । इनिंगको अन्तिम बलमा मन्जित श्रेष्ठको बलमा ललित भण्डारीको क्याच ड्रप गर्दै कन्चनपुरलाई अलौआउट गर्ने मैका गुमाए । कन्चनपुरले पुरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]