8 years ago
April 11, 2017
धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए ।
धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो । ब्याटिंगमा ४६ रन प्रहार गर्दै बलिंगतर्फ ३ विकेट लिएका बिराटनगरका कप्तान शरद खेलका ‘म्यान अफ द म्याच’ भएका थिए । त्यस्तै शरदका अनुसार पहिलो इनिंगमा १३४ रन बनाएको बिराटनगरको मुख्य लक्ष्य चौराहाको कप्तान पारसलाई रोक्ने थियो । ‘उनीहरुको मुख्य विकेट पारसको थियो । पारसलाई पहिले आउट गर्ने हाम्रो लक्ष्य सफल भएपछि उनीहरुमाथि दबाब बढेको थियो , ‘ शरदले थपे ।
‘ पारसको विकेट खेलको टर्निंग प्वाइन्ट रह्यो । धनगढी ११ को खेलमा राम्रो टचमा रहेका पारसलाइ आउट गर्नुनै हाम्रो लागि महत्वपूर्ण रह्यो , ‘ शरदले भने । आफ्नु टोलीमा युवा खेलाडी रहेकोले प्रतियोगिता अगाडी बढ्दै जादा खेलाडीहरुले अनुभव बोकेर अझ राम्रो खेल्ने कुरामा शरद बिश्वस्त रहेको बताए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]