default_image

8 years ago

April 10, 2017

पन्जाबको लगातार जित

107 views

0 Bookmark

इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले रोयल च्यालेन्जर्स बेंगलोरलाइ ८ विकेटले पराजित गरेको छ

टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले खराब सुरुवात गरेको थियो ५ ओभरको समाप्तिमा २२ रनको स्थितिमा ३ विकेट गुमाएको बेंगलोरको इनिङ्स तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बी डे भिलिएर्समा टिकेको थियो एबी डे भिलिएर्सले  ९ छक्का प्रहर गर्दै ४६ बलमा ८९ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याट्सम्यानले साथ नदिँदा बेंगलोरले २० ओभरमा ४ विकेट गुमाउँदै १४८ रन जोड्योपहिलो १५ ओभरमा ७१ रन जोडेको बेंगलोरले अन्तिम ५ ओभरमा ७७ रन जोडेको थियो

बेंगलोरका कप्तान सेन वाट्सनले १ रन मात्र बनाए भने अर्का ओपनर विष्णु विनोद ७ रनमा आउट भए पछिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका केदार जाधव १ रनमा एलबिडब्लु भए पन्जाबका वरुण आरोनले २१ रन खर्चदै २ विकेट लिए

जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले आक्रामक सुरुवात गर्यो मिल्सको बलमा एलबीडब्लु हुनुअघी मनन बोहराले  २१ बलमा ३४ रन बनाउदै पहिलो विकेटका लागि हसिम अमलासंग ६२ रन जोडेका थिए तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले ९ रनमात्र जोडे ओपनर हसिम अमला र कप्तान ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ जारी राख्दै १५औं ओभरमै पन्जाबलाई जित दिलाए

ओपनर अमलाले ४ चौका र ३ छक्काको मद्दतले ३८ बलमा अविजित ५८ रन बनाएका थिए कप्तान म्याक्सवेलले अविजित ४३ रन बनाउने क्रममा २२ बलमात्र खेले उनले ३ चौका र ४ छक्का प्रहर गरेका थिए बेंगलोरका लागि मिल्स र चहलले १/१ विकेट लिएका थिए

४ ओभरमा १२ रनमात्र खर्चेर १ विकेट लिएका किङ्गस इलेभेन पन्जाबका अक्षर पटेल म्यान अफ द म्याच भए

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.