default_image

8 years ago

April 10, 2017

टि२०मा नयाँ इतिहास रच्ने धुनमा क्रिस गेल

124 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका स्टार ब्याट्सम्यान क्रिस गेल आज राती हुने इन्डियन प्रिमिएर लिग अन्तर्गत किंग्स इलेभेन पन्जाबविरुद्धको खेलमा नयाँ इतिहास रच्ने धुनमा हुनेछन्

आज राती होलकर रंगशालामा हुने खेलमा गेलले २५ रन बनाएको खण्डमा उनि ट्वान्टी-ट्वान्टी क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बन्नेछन् गेलले अहिलेसम्म २८८ टि-२० खेल खेल्दै २८३ पारीमा ९९७५ रन बनाएका छन् उनको औसत  ४०.५४ रहेको छ भने १४९.४८को स्ट्राइक रेटमा रन बनाएका छन्

उनले टि-२० करियरमा १८ शतक र ६० अर्धशतक प्रहार गरेका छन् २०१३को आइपिएलमा पुने वारियर्स विरुद्ध बनाएको अविजित १७५ रन उनको सर्वाधिक स्कोर रहेको छ

पन्जाब गेलको लागि सबैभन्दा फापेको प्रतिद्वन्द्वी पनि हो गेलले पन्जाबविरुद्ध खेल्दा १७५.५५को स्ट्राइक रेटमा ७९७ रन प्रहार गरेका छन् तर, खेल हुने रंगशालामा औसतमा कम रन बन्ने पिच भएकोले गेलले आज थप मेहेनत गर्नुपर्ने देखिन्छ

आइपिएलमा आज हुने एकमात्र खेल नेपाली समयानुसार रातको ८:१५ बजे सुरु हुनेछ

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.