8 years ago
April 10, 2017
दिपेन्द्र पोखरेल
धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो दिनको दोस्रो खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकनिकलाई १४ रनले पराजित गरेको छ ।
कप्तान बिनोद भण्डारी , सागर पुन, सुनिल धमला, कुशल भुर्तेल जस्ता परिचित खेलाडीले भरिएको कञ्चनपुरलाई रुपन्देहिले १४६ रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले ब्याटिंग रोजेको रुपन्देहीका लागि ओपनिङ जोडी हरिशंकर शाह र शंकर राणा बिचको विस्फोटक ६० रनको साझेदारीले मजबुत सुरुवात मिलेको थियो। सातौँ ओभरको दोस्रो बलमा राणाको विकेटसंगै पहिलो सफलता पाएको कञ्चनपुरले कुशल भुर्तेलको उत्कृष्ट फिल्डिङको मद्धतले खेलमा फर्केको थियो। उत्कृष्ट ब्याटिङ गरिरहेका हरिशंकरलाई कुशलले रन आउट गरेपछि रुपन्देहिको रन रेट घटेको थियो। ओपनर हरिशंकरले २४ बलमा २ छक्का र ४ चौकाको मद्धतले ३३ रन बनाए भने राणाले १८ बलमा १९ रन जोडेका थिए।
ओपनिङमा राम्रो सुरुवात गरेपनि रुपन्देहीले २७ रनमा ३ विकेट गुमायो। छैठौं नम्बरमा आएका ब्याट्सम्यान प्रकाश केसी र सातौं नम्बरका कप्तान शक्ति गौचनले धैर्यताका साथ ब्याटिङ गर्दै रुपन्देहिलाई १४५को प्रतिस्पर्धी स्कोरमा पुर्याए। कञ्चनपुरको बलिङतर्फ कुशल भुर्तेलले ४ विकेट लिए भने अभिनास कर्णले २ तथा सुनिल धमलाले १ विकेट लिए ।
जवाफमा कञ्चनपुरका लागि ओपनिङमा सागर पुन र सुनिल धमलाले ५२ रनको साझेदारी बनाएपनि राम्रो रन रेट कायम गर्न नसक्दा आइकोनिकका पछिल्लो ब्याट्सम्यानलाई लक्ष्य पछ्याउने क्रममा दबाब बढेको थियो। रुपन्देहिको पहिलो सफलताको रुपमा आउट भएका सुनिल धमलाले ३५ बलको सामना गर्दै ८० को स्ट्राइक रेटमा २८ रन जोडेका थिए। कञ्चनपुरका हसिम अन्सारी, कप्तान बिनोद भण्डारी र सोनु तामाङले दोहोरो अंक छुन नसक्दा खेल कञ्चनपुरको हातबाट टाढिएको थियो।
छैठौं नम्बरका ब्याट्सम्यान कुशल भुर्तेलले १३ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै कञ्चनपुरलाई आशा दिलाएका थिए। बिक्रम सोबले बलिङ गरेको १८औं ओभरमा २० रन प्रहार गर्दै भुर्तेलले कञ्चनपुरलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर अन्तिम दुइ ओभरमा ३० रनको खोजीमा रहेको कञ्चनपुरले १९औं ओभरमा ५ रन बनाउदै २ विकेट गुमाएपछि रुपन्देहीको जित पक्का भएको थियो।
रुपन्देहिका लागि कृष्ण कार्की र शहाब आलमले समान ३-३ विकेट लिए भने कप्तान शक्ति गौचनले २ विकेट लिए । महत्वपूर्ण ओपनिङ साझेदारी तोडेका रुपन्देहिका कृष्ण खेलका म्यान अफ द म्याच भए ।
३ विकेट लिएका कृष्ण कार्की खेलको म्यान अफ द म्याच भए
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]