default_image

8 years ago

April 9, 2017

गुजरात लायन्सबिरुद्ध सनराइजर्स हैदराबादको सहज जित

75 views

0 Bookmark

एजेन्सी- आज भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतकोपहिलो खेलमा सनराइजर्स हैदराबादले गुजरात लायन्सबिरुद्ध सहज जित हात परेको छ। ब्याटिंगमा डेभिड वार्नर र बलिङ्गमा रशिद खान चम्किएपछि हैदराबादको जित सहज भएको हो।

घरेलु मैदानमा टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको हैदराबाद अफगानिस्तानका युवा बलर रशिद खान चम्किएपछि गुजरातलाई १४०मै रोक्न सफल भएको थियो। गुजरातका लागि जेसन रोयले ३१, दिनेश कार्तिकले ३०, स्मिथले ३५ बाहेक अरु खेलाडीले दोहोरो अंक छुन नसकेपछि २० ओभरमा ६ विकेट गुमाउदै १३५रनमात्र जोड्न सकेको थियो। हैदराबादका लागि रशिदले ३, भुवनेश्वर कुमारले २ र आशिष नेहराले १ विकेट लिन सफल भए भने एक खेलाडि रन आउट भएका थिए।

१३६को लक्ष्य लिएर ब्याटिंग गर्न आएको हैदराबादले १५.३ ओभरमा १ विकेट गुमाउदै १४०रन प्रहार गरेपछि ९ विकेटको जित आत्मसात गरेको हो। हैदराबादका लागि डेभिड वार्नारले ७६ रन र तेस्रो नम्बरमा आएका हेनरीकेसले ५२ रन प्रहार गरेका थिए। गुजरातकालागि एकमात्र विकेट प्रविन कुमारले लिएका थिए। खेलको म्यान अफ द म्याच सनराइजर्स हैदराबादका रशिद खान घोषित भए।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.