8 years ago
April 9, 2017
दिपेन्द्र पोखरेल
धनगढी – सुदूरपश्चिमाञ्चलको धनगढीमा नेपाली खेलकुदकै ठूलो प्रतियोगितामध्येका एक सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटले भव्यताको साथ औपचारिक सुरुवात भएको छ । विभिन्न सांगितिक कार्यक्रम र भव्य आतिशबाजीका साथ डिपिएलको सुरुआत गरिएको हो ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला ‘ड्रिमा फाप्ला’ निर्माण अभियानमा साथ दिने आर्थिक संकलन गर्ने उद्देश्यका साथ आज दिउँसो नेपाल ११ र धनगढी ११ बीच च्यारिट खेल आयोजना गरिको थियो । पारस खड्काको कप्तानीमा रहेको नेपाल ११ ले खेल ३१ रनले जितेको थियो । च्यारिटी खेलपछि आज साँझ सांसद पुष्कर नाथ ओझाले आइसिसी अम्पायर बुद्धि बहादुर प्रधानलाई ब्याट र बल हस्तान्तरण गर्दै डिपिएलको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र रुपन्देहीका प्रशिक्षक जंग बहादुर थापालाई क्रिकेटमा पुर्याएको योगदानक लागि सम्मान गरिएको थियो ।
करोड बढी खर्च लाग्ने डिपिएलमा ६ वटा शहरका टोलीको सहभागिता रहनेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा सोमबार ज्ञानेन्द्र मल्लको कप्तानीमा सीवाईसि अत्तरियाले काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ । गोल्डेन्स वसन्त रेग्मीको कप्तानीमा उत्रनेछ । सोमबारको अर्को खेलमा रुपन्देही च्यालेन्जर्सले कन्चनपुर आइकनिकको सामना गर्नेछ ।
धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको को संयुक्त रुपमा आयोजित डिपिएलको विजेताले उपाधि सहित १५ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाली क्रिकेटमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]