default_image

8 years ago

April 9, 2017

नेक्सस यू–१६ क्रिकेटमा जनप्रेमीको जित

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–नेक्सस यू–१६ क्रिकेट कप प्रतियोगितामा आइतबार जनप्रेमी क्रिकेट क्लब, नेपाल क्रिकेट स्कुल स्कुल, कालिकोट, बालुवाटार, केसिसी र ओसिस विजयी भएका छन् । बुढानिलकण्ठको मैदानमा जनप्रेमीले सान ग्रिनविचलाई ५७ रनले हराएको थियो । ४९ रन बनाउनुका साथै १ विकेट लिएका जनप्रेमीका वाङ्गी मगर म्यान अफ दी म्याच बनेका थिए ।

नेपाल क्रिकेट स्कुलले नेक्ससलाई ६ विकेले हराएको थियो । ५१ बलमा ७१ रन बनाएका क्रिकेट स्कुलका निखिल लोखन्डिया म्यान अफ दी म्याच घोषि भए । अर्को खेलमा केसिसीले जीएचसिए‘बी’लाई १३ रनले हरायो । २६ बलमा ३५ रन बनाएका केसिटिसीका सुजल गुप्ता म्यान अफ दी म्याच घोषित भए । ओसिसले नेपाल प्रहरीलाई १० विकेटले हरायो । ५ विकेट लिएका ओसिसका सुसन खत्री म्यान अफ दी म्याच चिुनिए ।

उता कालिकोटले हिमालयन क्रिकेट एकेडेमीलाई १७ रनले हरायो । पहिले ब्याटिङ गरेको कालिकोटले ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । जवाफमा हिमालयनले १ सय ५० रनमात्र बनाउन सक्यो । ५४ रन बनाउनको साथै ४ विकेट लिएका कालिकोटका मोविन शर्मा म्यान अफ दी म्याच घोषित भए । बालुवाटारले सान रेडलाई ८ विकेटले हरायो । २ विकेट लिएका बालुवाटारका इरफान खान म्यान अफ दि म्याच बने ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा दोस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले २० हजार, इर्मजिङ प्लेयरले १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.