default_image

8 years ago

April 9, 2017

पुनरागमनमा कप्तान पारस उत्साहित

76 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – नेपाली खेलकुदका अहिलेका ‘रोलमोडल’ राष्ट्रिय क्रिकेट टोलीका लोकप्रिय कप्तान पारस खड्का पूर्ण रुपमा फिट भएर तीन महिनापछि मैदान फर्कदैछन् । पुस १५ गते पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा नेपाल एपिएफलाई च्याम्पियन बनाएयता उनले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । यद्दपी उनीले राष्ट्रिय टोलीमा रहँदै प्रशिक्षणमा भने रहेका थिए ।

 

आजबाट सुदूरपश्चिमाञ्चलमा सुरु हुने देशकै ठूलो खेलकुद प्रतियोगितमध्येको एक सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मार्फत क्रिकेटमा पुनरागमन गर्दैछन् । प्रतियोगिताको पहिलो दिन आज मुख्य प्रतियोगिता हुने छैन । च्यारिटी खेलका रुपमा पारसले कप्तानी गर्ने नेपाल ११ र धनगढी ११ बीच प्रतिस्पर्धा हुनेछ । डिपिएलमा भने पारसले धनगढी टिम चौराहाको नेतृत्वको कप्तानी गर्नेछन् । उनको टोलीले मंगलबार पहिलो खेलमा विराटनगर किंगस्को सामना गर्नेछ । तीन महिनापछि क्रिकेटमा फर्कदा पारस उत्साहित छन्् । ‘एउटा खेलाडी खेल्न पाउँदा एकदम उत्साहित हुन्छ । उत्साह नहुने खेलाडी हुन सक्दैन ’ नेपाल ११ को कप्तानी गर्दै मैदान उत्रनु केही घन्टाअघि हाम्रो खेलकुद डटकमसँग उनले भने, ‘खेलाडीलाई खेल्न पाउनुभन्दा ठूलो कुरा अर्को हुँदैन । खेलको स्तर, प्रतिस्पर्धा, वातावरण फरक हुन सक्छ । तर खेलाडीको उत्साह भने सधै उस्तै हुन्छ ।’

 पूर्ण रुपमा फिट नभएका कारण फागुनको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्र्गत केन्याविरुद्धका दुई खेल गुमाएका पारसले यसै महिना बंगलादेशमा भएको इमर्जिङ नेसन्स कपमा टोलीबाट नाम फिर्ता लिएका थिए । सन् २००४ देखि नियमित राष्ट्रिय टोलीमा रहेको पारसले टोलीमा परेयता ३ वटा मात्र खेल खेल्न सकेनन् । त्यसबाहेक उनले केही भ्रमण भने छोडेका छन् । यसपटक डब्लूसिएल च्याम्पियनसिपको तयारीका क्रममा टोली भारत जादा उनी स्वदेशमै आराम गरिरहेका थिए ।
फागुनको पहिलो साता उनको पेटको शल्यक्रिया गरेपछि आराम गर्नुपर्ने भएकाले भारत यात्रा नगएका हुन् । त्यसअघि २००६ मा उनले नामिबियाविरुद्धको तयारीका लागि भारतको बैंगोर भ्रमण छोड्नु परेको थियो । त्यो बेला चोटकारण नभइ प्सल टुको परिक्षाका कारण उनी जान सकेनन् । पछिल्लो १३ बर्ष राष्ट्रिय टोलीमा रहँदा उनले मात्र ३ वटा खेल गुमाएका छन् । २ वटा फागुनअन्तिममा केन्याविरुद्ध र त्यसअघि २०१४ मा न्युजिल्यान्डमा भएको विश्व कप छनोटका क्रममा चोटका एउटा खेल गुमाउनु परेको थियो । खेल्न नसक्दा पनि उनी टोलीको मनोबल बढाउन भने जुटिरहे । केन्यासँगको खेलमा ड्रिग्स ब्रेकमा पारसले पानी बोकेर मैदानमा दौडेको अझै पनि सम्झना हुनुपर्दछ । केन्याविरुद्धको खेलमा पारसलाई लिएर नेपाली टोलीले माइन्ड गेम पनि खेलेको थियो । केन्यासँगको खेलमा अन्तिम समयसम्म पनि पारस खेल्न नखेल्ने सार्वजनिक गरिएको थिएन ।
फागुन २८ को पहिलो खेलपछि अर्को खेलमा पनि उनी खेल्न सक्ने बताइएको थियो । दोस्रो खेलमा पनि उनी खेलेनन् । पहिलो खेल ५ विकेटले गुमाएको नेपालले दोस्रो खेल ७ विकेटले गुमाएको थियो । त्यसपछि बल्ल पारसले वास्तविकता खोले । ‘म पूर्ण रुपमा फिट थिइन । मैले अझै एक महिना आराम गर्नुपर्नेछ ’ २००९ देखि राष्ट्रिय टोलीको कप्तानी गरिरहेका उनले केन्यालाई हराएपछि भनेका थिए, ‘ विपक्षीमाथि मनोबैज्ञानिक दबाब दिन पनि म खेल्ने नखेल्ने गोप्य राखेका हौं । हाम्रो खेलाडीको मनोबल पनि नघटोस् भन्नका लागि प्रशिक्षक र मेरोबीच कसैलाई नभन्ने सल्लाह थियो ।’ केन्यासँग उनी खेल्न सक्ने थिएनन् खेलेनन् । दोस्रो खेल जितिसकेपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘खेल्न भन्दा हेर्न धेरै गाह्रो ।’ हेर्दाको अनुभव अनुभव कस्तो हुँदो रहेछ भन्ने हाम्रो खेलकुदको प्रश्नमा आइतबार पारसको जवाफ यस्तो थियो, ‘खेल्दा खेरी सबै जिम्मेवारी आफुमा हुन्छ ।

रन बनाउने, विकेट लिने क्याच लिनेमा सबै आफ्नो मेहनत चाहिन्छ । राम्रो गरेपनि नराम्रो गरेपनि त्यसको सबै जस अपजस आफैमा हुन्छ । तर अरुले खेल्दा यसो गरेको भए हुनु भन्ने आउँछ । मैदान भित्र हुँदा दबाब सबै आफुले बोकिन्छ । बाहिर हुँदा पुरा टोलीकै दबाब बोक्नु परेजस्तो अनुभव गरे । यो क्रिकेटमा मात्र होइन सबै खेलका खेलाडीलाई हुन्छ ।’ नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा विश्राम भएका बखत डिपिएल हुँदा त्यसले नेपाली क्रिकेट विकासमा मद्दत पुग्ने क्रिकेट खेलाडी संघ नेपालका महासचिव समेत रहेका पारसको विश्वास छ। नेपाल क्रिकेट संघ (क्यान) एक बर्षदेखि निलम्बनमा हुँदा पनि व्यक्तिगत पहलमा सुवाश शाहीले डिपिएललाई देशकै प्रतिष्ठित प्रतियोगिता बनाउन सफल भएकोमा उनी धन्यवाद दिन्छन् । ‘यति बेला नेपालका क्रिकेटमा स्तापित सबै खेलाडी यहाँ छन् ’ उनले थपे, ‘धनगढीमा यसै पनि क्रिकेटको माहोल राम्रो । यो संस्करणले यहाँको क्रिकेट संस्कारको पनि विकास हुनेछ र नयाँ पुस्तामा पनि क्रिकेट प्रति आकर्षण बढ्न सक्छ ।’

 व्यवसायिक र मोरञ्जनका हिसाबले ट्वान्टी २० ओभरका खेल आयोजक हुनु राम्रो भएपनि क्रिकेट विकासका लागि भने घरेलु संरचना बलियो हुनु पर्नेमा पारस जोड दिन्छन् । उनले भने, ‘५० ओभरका खेल नखेलेको तीन बर्ष भइसक्यो । लामो फम्र्याटको क्रिकेट आयोजना नहुँदा सम्म घरेलु क्रिकेटको संरचना बलियो हुन सक्दैन । टु डे, थ्री डे र उमेर समूहका प्रतियोगिताले मात्र क्रिकेट विकासमा टेवा पुग्न सक्छ ।’ विगतमा भन्दा क्रिकेटमा लगानी बढी रहेको प्रंसग कोट्याउँदै पारसले भने, ‘एउटा व्यक्तिले चहादा डिपिएल र इपिएल जस्ता राम्रो प्रतियोगिता हुन सक्छ । लगानीकर्ता व्यवसायिक घरना क्रिकेटमा लगानी गर्न तयार छन् । हिजो हामीसँग व्यवस्थापन, खेलाडी सबै थियो लगानी थिएन । आज सबै चिज छ व्यवस्थापन छैन । आखिर खेल विकासका लागि सबै चिज मिल्न पर्दछ ।’ उनले क्यानमाथिको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको निलम्बन हट्ने आशा पनि व्यक्त गरेका छन् ।
‘आइसिसीको जुनमा हुने बैठकले नेपालको क्रिकेट भविष्यको फैसला गर्न सक्छ’ उनले भने, ‘आशा गरौं त्यो बैठकबाट केही निकास निस्केला । तर मेरो सधैको एउटा भनाई छ, प्रदर्शनका आधारमा खेलाडी छनोट भएजस्तै कामका आधारमा पदाधिकारी छानिनुपर्दछ । यो होइनकी हिजो अध्यक्ष, महासचिव थिए भन्नु कुनै योग्यता होइन । वर्तमानमा उसको व्यवस्थापकिय क्षमताका आधारमा क्यानको जिम्मेवारी दिनुपर्दछ । नयाँ ढंगले चलाउने सोचको मान्छको खाँचो छ । ’

 

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.