8 years ago
April 9, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभिल्स घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरसंग १५ रनले पराजित भएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाऊँदै १५७ रनको योगफल खडा गरेको थियो। ओपनर क्रिस गेललाई ६ रनमा गुमाएको बेंगलोरले कप्तान वाटसनको ब्याटबाट २४ रनको योगदान पाएको थियो। लडखडाएको बेंगलोरको इनिङसलाई केदार जादभले सम्हालेका थिए। जादभले ३७ बलमा ६९ रन बनाऊँदा ५ चौका र ५ छक्का प्रहर गरेका थिए। दिल्लीका क्रिस मोरिसले ४ ओभरमा ३ विकेट लिए भने सहबाज नदीमले ४ ओभरमा जम्मा १२ रन खर्चेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले राम्रो सुरुवात पाए पनि लगातार विकेट गुमाएपछि २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १४२ रन जोड्न सक्यो। उसका लागि रिसब पन्तले ३६ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५७ रन बनाए। पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पन्तपछि कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बेंगलोरका लागि युजभेंद्र चहलले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए भने वाटसनले पनि ४ ओभरमा २१ रन खर्चिदै १ विकेट लिए। जितका लागि १९ रन आवश्यक परेको अवस्थामा अन्तिम ओभर मात्र बलिङ गरेका नेगीले ३ रन दिएर २ विकेट लिए। उनले ओभरको पहिलो बलमै पन्तलाई पेभेलियन फर्काएपछि बेंगलोरको जित पक्का भएको थियो।
बेंगलोरका केदार जादभ खेलको म्यान अफ द म्याच भए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]