8 years ago
April 8, 2017
दिपेन्द्र पोखरेल
धनगढी – धनगढी क्रिकेट एकेडेमी र एसपिए कलेज कैलालीको आयोजनामा आइतबार सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए) को ट्रफी सार्वजनिक गरिएको छ ।
धनगढीको ‘होटेल फ्लोरा’मा आयोजित शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागिता टोली ६ टोलीका कप्तानले टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् ।
आइतबार हुने उद्घाटन समारोहमा नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुँदै प्रतियोगिताले औपचारिक सुरुवात पाउनेछ । प्रतियोगिताको पहिलो खेलमा सोमबार राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिआइसी अत्तरियाले बसन्त रेग्मीको काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ ।
त्यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले धनगढीको कप्तानी गर्नेछन् भने विनोद भण्डारीले कन्चनपुर,शरद भेषावकरले विराटनगर र शक्ती गौचनले रूपन्देहीको नेतृत्व गर्नेछन् ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]