default_image

8 years ago

April 8, 2017

पन्जाबको विजयी सुरुवात

113 views

0 Bookmark

इन्दोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग(आइ.पी.एल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा किङ्गस एलेभेन पन्जाबले राइजिङ्ग पुने सुपरजाएन्ट्सलाई ६ विकेटले पराजित गरेको छ

टस जितेर फिल्डीङ रोजेको पन्जाबले पहिलो ओभरमै सफलता प्राप्त गरेको थियो पहिलो ओभरको पाँचौ बलमा मयंक अग्रवाललाई सन्दिप शर्माले बोल्ड गरेका थिए। पुनेका लागि अर्का ओपनर अजिंक्या रहानेले १९ रन बनाए भने स्टिभ स्मिथले २६ रन जोडे। मध्यक्रममा बेन स्टोक्स र मनोज तिवारीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। स्टोक्सले ३२ बलमा ५० रन जोडे भने मनोज तिवारीले २३ बलमा अविजित ४० रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले १९ ओभरमा लक्ष्य पुरा गरेको थियो। डेबिड मिल्लर र ग्लेन म्याक्सवेलले पाँचौ विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै पन्जाबलाई जिततर्फ डोर्याएका थिए। ओपनर हसिम अम्लाले २८ रन बनाए भने मनन बोहरा र रिधिमान साहाले समान ९ रन जोडे। अक्षा पटेलले चौथो नम्बरमा ब्याटिङ गर्दै २२ बलमा २४ रन बनाए।

२० बलमा ४४ रन बनाएका ग्लेन म्याक्सवेल म्यान अफ द म्याच भए। उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए। मिल्लरले २७ बलमा ३० रन बनाएका थिए।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.