8 years ago
April 8, 2017
राजकोट (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती भएको एकमात्र खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टोली गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ।
पहिलो ब्याटिङमा उत्रिएको गुजरात लायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन जोडेको थियो। आइपिएलमा डेब्यु गरेका ओपनर जेसन रोय १४ रनमा आउट भएपछि आएका कप्तान सुरेश रैनाले अविजित ६८रन बनाएका थिए। उनले ५१ बल खेल्दै ७ चौका प्रहार गरेका थिए। कोलकाताले रैनाको २ क्याच छाड्नु भारी सावित भएको थियो।
गुजरातका लागि ब्रेन्डन मक्कुलमले २४ बलमा २ छक्का र ४ चौका सहित ३५ रन बनाए। दिनेश कार्तिकले इनिङ्सको अन्त्यतिर २५ बलमा ४७ रन जोडे। उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। कोलकाताका स्पिनर कुलदिप यादवले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र पियुष चावलाले १/१ विकेट लिए।
जवाफि ब्याटिङमा उत्रिएका कोलकाताको लागि ओपनरद्वय क्रिस लिन र गौतम गम्भीरले ऐतिहासिक इनिङ्स खेल्दै टोलीलाई १० विकेटको जित दिलाए। १४.५ ओभरमै लक्ष्य प्राप्त गरेको कोलकाताका लागि कप्तान गम्भीरले ४८ बलमा ७६ रन बनाएका थिए भने क्रिस लिनले ४१ बलमा ९२ रन जोडे। गम्भीरले १२ चौका प्रहार गर्दा लिनले ६ चौका र ८ छक्का बनाएका थिए।
कोलकाता नाइट राइडर्सका क्रिस लिन म्यान अफ द म्याच घोषित भए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]