8 years ago
April 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा बिहीबार शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पस विजयी विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा बिहीबार पहिलो खेलमा शंकरदेवले सेन्ट लरेन्स क्याम्पसलाई ४९ रन तथा कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले हरायो ।
शंकरदेवले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको सेन्ट लरेन्स १८.४ ओभरमा १ सय १४ रनमा समेटियो । सेन्ट लरेन्सका अमित श्रेष्ठले ३२, प्रनित थापाले २१, अभिशेष थापाले १८ र उमेश ठकुरीले १२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । शंकरदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी र विनोद भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । टोलीका आयुष्मान बमले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सोमेश यादवले ३५ तथा अरुण ऐरी र रविन चन्दले समान १६ रन जोडे । सेन्ट लरेन्सका इसानसिंह बाँनियाले ३ तथा अभिशेष थापाले २ विकेट लिए । शंकरदेवका आयुष्मान म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै अर्को खेलमा कसमसले दिएको ६८ रनको सामान्य लक्ष्य शहिद नेपाल कमर्श क्याम्पसले ६.३ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । कमर्शको जितमा प्रकाश विष्टले ३४ र हिमांशु दत्तले अविजित २१ रन बनाए । धिरज अधिकारी २ रनमा अविजित रहे । दीपक कठायत र विवेक साउदले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कसमस १४.४ ओभरमा सबै विकेट गुमाएर ६७ रनमात्र बनाउन सक्यो । कसमसका लागि मध्यक्रमका ब्याट्सम्यान चुडामडि पण्डितले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन गर्न सकेनन् । कसमसलाई सस्तैमा समेट्न कमर्शका नविन थापा एक्लैले ६ विकेट लिए । नविन खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा काठमाडौं युनिभर्सिटी अफ आर्टस् र गोल्डेन गेट तथा दोस्रो खेलमा राजश्री र के एण्ड केबीच खेल हुनेछ । शुक्रबारको खेलसँगै क्वार्टरफाइनल समिकरण पुरा हुनेछ । यसअघि त्रिभुवन विश्व विद्यालय, ग्लोबल कलेज, निष्ट कलेज, शहिद स्मारक कलेजले क्वार्टरफाइनल पुगिसकेका छन् ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]