8 years ago
April 5, 2017
काठमाडौं (हाम्रोखेलाकुद)- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा निष्ट कलेज र शहिद स्मारक कलेज विजयी भएका छन् ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा निष्टले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले पराजित गरेको हो । निष्टले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पाटन १७.१ ओभरमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो । पाटनका निर्मल लुइटेलले २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो देखियो । पाटनलाई सस्तैमा समेट्न निष्टका शंकर पौडेल एक्लैले चार विकेट लिए । यस्तै सुमित झा, सुर्य लामा र प्रदिप परियाले दुई–दुई तथा जन्मि जय यादवले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको निष्टले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । निष्टका विपिन आचार्यले ५२ तथा शोहन आचार्यले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । विवेक रानामगर ४४ रनमा आउट भए । पाटनका निर्मल लुइटेल, दिपेन्द्र ऐरी, श्याम थापामगर र रमेश जोशीले एक–एक विकेट लिए । निष्टका विपिन आचार्य म्यान अफ दि म्याच घोषित भए ।
यस्तै अर्काे खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले पराजित गर्यो। पाटनले दिएको १ सय १७ रनको लक्ष्य शहिद स्मारक कलेजले १८.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । शहिद स्मारकका नविन शर्माले ३४ रन जोडे । सागर लम्साल २४ रनमा अविजित रहँदा विश्वास श्रेष्ठ १७ रनमा आउट भए । पाटना नृपेश राज गिरीले दुई तथा अशोक कुमार यादव र विवेक घिमिरेले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाटनले एकेडेमीले १८.१ ओभरमा पुरै विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । पाटनका मनिस यादव ३३, नृपेश राज गिरी २९ तथा अमन रजकले १५ रनमा आउट भए । शहिद स्मारकका देव चलाउनेले तीन विकेट लिए । ललित प्याकुरेल र टेक बहादुर सलामीले दुई–दुई तथा खेम जोशीले एक विकेट हात पारे । शहिद स्मारकका देव चलाउने म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत बिहिबार सेन्ट लरेन्स र शंकरदेव तथा कसमस र नेपाल कर्मस क्याम्पसबीच खेल हुनेछ ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]