default_image

7 years ago

April 5, 2017

नेक्सस कप अन्डर १६ क्रिकेट आजबाट सुरु; कालिकोट विजयी

54 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- आजबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा भएको खेलमा  ललितपुरको स्र्पोटस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले पराजित गर्दै कालिकोट क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले गरेका थिए।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्र्पोटस् साइन्स एकेडेमी–सान रातोले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । सानकालागि सुमित घिमिरेले सर्वाधिक ४२ रन बनाए भने मनिष तामाङले १५ रन बनाए । कालिकोटका बबिन बडालले दुई विकेट लिए । त्यस्तै सागर आचार्य, मबिन शर्मा र सागर घिमिरेले एक एक विकेट लिए ।

१ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कालिकोट टिमले १० .५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । विजयी टोलिका म्यान अफ द म्याच बबीन बडालले सर्वाधिक ५३ रन बनाए भने सूर्य बमले अविजित ४० रन प्रहार गरे ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.