default_image

8 years ago

April 4, 2017

उद्घाटन खेलमा पारसले नेपाल ११ को नेतृत्व गर्ने

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को अर्को साता हुने उद्घाटन खेलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल ११ र पदक केसीले धनगढी ११ कप्तानी पदक गर्ने भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगको सहकार्यमा मंगलबार पारस र पदकसँगै टोलीको घोषणा गरेको हो ।

Nepal Cricket Team vs Oman (5)

पदम पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले यसअघि डिसिएल ३ को च्याम्पियन टोली चौराहाको कप्तानी गरेका थिए । उद्घाटन खेल चैत २७ गते हुनेछ । पारसको नेतृत्वमा रहेको नेपाल ११ मा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, सन्दिप लामिछाने, दीलिप नाथ, मेहबुब आलम, अबिनाश कर्ण, आशिफ सेख, आरिफ सेख र सुशान भारी छन् ।

राष्ट्रिय टोलकिा मुख्य प्रशिक्षक जगत टमाटाले ११ को प्रशिक्षको भूमिका निर्वाह गर्नेछन् भने व्यवस्थापकमा रमन शिवाकोटी छन् । त्यस्तै, पदकले नेतृत्व गर्ने धनगढी ११ मा राष्ट्रिय टोलीका सुनिल धमला, दीपेन्द्र सिंह ऐरी, राजु रिजाल, भुवन कार्की छन् । त्यस्तै टोलीमा विजय राना, आयुब चन्द, नारायण जोशी, बिक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, बिपिन रावल र अमित पडाल छन् ।

उद्घाटन खेलको टिकट शुल्कबाट हुने आम्दानी खर्च कटाएर बचत रहम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ‘ड्रिम फाप्ला’ लाई हस्तान्तरण गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । उद्घाटन खेलका लागि सय रुपैयाँ टिकट दर तोकिएको छ ।

२८ गतेबाट सुरु हुने मुख्य प्रतियोगितामा देशका विभिन्न ६ वटा सहरका टोलीले प्रतिस्पर्धा गर्नेछन् । देशकै सर्वाधिक पुरस्कार राशीको अक्सनमा आधारित प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 29, 2025

ललितले जिते २ वटामोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]

March 29, 2025

ललित पिएम कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]

March 29, 2025

नेपाली युवा टोलीद्वारा सिरिज क्लिन स्विप

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]

Success

Thank you for your time.