default_image

9 years ago

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

156 views

0 Bookmark

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद

नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ ।

nepal

अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने बलियो हुन सकेन । खेलाडी क्यानलाई भन्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा बढी भरपर्ने भने क्यानपनि आफ्ना खेलाडीको वास्तविक अविभावक बन्न नसक्ने नेपाली क्रिकेटको बडिम्बना मान्नुपर्छ ।

हरेक दिन नयाँ समाचार आइरहेको नेपाली क्रिकेटमा पछिल्लो घटनाका रुपमा राष्ट्रिय टोलीका प्रशिक्षक पुवुदु दसानायकेको राजीनामा आएको छ । अर्को महिला युएइको अबुधावीमा पपुवा न्यु गिनीसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एकदिवसिय खेलपछि उनी नेपाली क्रिकेटमा हुने छैनन् । मंगलबार क्यानलाई दिएको राजीनामामा उनले त्यो खेलपछिआफु नरहने जानकारी गराइसकेका छन् ।

व्यक्तिगत कारण देखाउँदै पुवुदुले राजीनामा दिएपनि नेपाली क्रिकेटलाई नजिकबाट बुझ्नेले कारण त्यत्ति मात्र थिएन भन्ने सहजै अनुमान लगाउन सक्छ । वर्तमान नेतृत्वसँग उनको र कप्तान पारस खड्काको तालमेल खासै मिलेन । यहाँ सम्मकी क्यानले पुवुदुलाई प्रशिक्षकका रुपमा अन्यौलमा राखेका बेला मन्त्रालयलले १ बर्षको सम्झौता गरेको थियो । त्यसपछि त क्यान र क्रिकेट टोलीका प्रशिक्षक, कप्तान र पुरा टोलीको नाता टुटे जस्तै थियो ।

मन्त्रालयसँगको सम्झौतापछि क्यानले डिसेम्बरका लागि पुवुदुको सम्झौता लम्बाएपछि एकहद सम्म विवाद समाधान भएको अनुमान गरिएको थियो । तर पछिल्लो केही दिन यता क्रिकेटको मैदान बाहिरका गतिविधिले पुवुदुलाई राजीनामा दिने निकर्षमा पुर्याएको हुन सक्छ ।

पारस खड्कालाई कप्तानबाट हटाइएको खबर भदौ १५ गते सार्वजनिक हुँदा पुवुदु क्यानाडामै थिए । यद्दपी क्यानले त्यसै दिन पारसलाई कप्तानबाट हटाइएको समाचार खण्डन गर्यो र उनै कप्तान रहेको स्पष्ट पारे । पारसलाई हटाइएको खबर प्रति पुवुदुले फेसबुक स्ट्याटसमार्फत असन्तुष्ट व्यक्त गरेका थिए । पुवुदु र पारसबीचको सम्बन्ध भावनात्मक रुपमा पनि गहिरो रहेको त्यो स्ट्याटसबाट बुझ्न सकिन्छ ।

अघिल्लो बर्ष पुवुदु सम्झौता विहिन भएर स्वदेश फर्केन तयारीमा रहँदा पारसले पुवुदु क्रिकेट टोलीको प्रशिक्षक नरहे आफुले क्रिकेट नखेल्ने फेसबुकमार्फतबाट सार्वजनिक गरेका थिए । तर, मन्त्रालयले पुवुदुलाई प्रशिक्षकका रुपमा निरन्तरता दिएपछि पारसले क्रिकेट छोड्न परेन । यसपटकको घटनाको श्रृखंलामा भने असोज १३ गतेबाट सुरु भएको हो । वर्तमान क्यानलाई पूर्नगठन गर्ने तयारीमा रहेको राखेपले असोज १३ गते पारससहित राष्ट्रिय टोलीका खेलाडीसँग अन्र्तक्रिया गरेको थियो ।

१५ गते पारसलाई कप्तानबाट हटाइएको समाचार सर्वजनिक भएपनि त्यहि साझ क्यानले विज्ञप्तीमार्फत पारस नै रहेको प्रष्ट पार्यो । असोज १६ गते राखेपले पारसको विषयसहित १५ बुदे स्पष्टिकरण मागेको छ । पाँच दिने म्याद पनि मंगलबार सकिएको छ । १७ गते पारसले पत्रकार सम्मेलनमार्फत क्यानले आफुलाई कप्तान रहिरहेको प्रष्ट पारेको र गलत समाचारले आफु, परिवार, साथीभाई र समर्थकलाई निराश बनाएको भन्दै गुनासो गरे । तर, क्यानकै केही पदाधिकारी भने पारसलाई कारवाही गरेको भन्न छाडेका छैनन् ।

क्रिकेट घटनाका नयाँ श्रृखंलाका रुपमा पुवुदुको राजनीनामा आएको छ । पुवुदुको नेतृत्वमा नेपाली क्रिकेटले अहिले सम्मकै ठूलो सफलता हासिल गरेकोले पनि उनीप्रति खेलाडी र समर्थकको साथ छ । सन् २०१४ को विश्व ट्वान्टी २० क्रिकेट खेल्नु नेपाली क्रिकेटको उच्चतम सफल हो । उनकै नेतृत्वमा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट अहिले डिभिजन २ सम्म पुगेको छ ।

कप्तान पारस भने अझै पनि नेपाली क्रिकेटलाई पुवुदुको आवश्यकता रहेको बताउँछन् । तर त्यसका लागि यहाँको वातावरण सहि नभएको उनको बुझाई छ । उन भने, नेपाली क्रिकेटलाई उहाँको ठूलो योगदान रह्यो । उहाँको अझै आवश्यकता छ । हामीले उहाँलाई राख्न कोसिस गनुपर्छ ।

मैदान बाहिर चलायमान अहिलेको नेपाली क्रिकेटको गति कस कसको विकेट पतन भएपछि रोकिन्छ त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ ।

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

Success

Thank you for your time.