8 years ago
April 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक स्पोन्सर युनिभर्सिटी क्रिकेट कप मंगलबार सुरु हुने भएको छ । ’ मंगलबार सुरु हुनेभ एको छ । युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगितामा काठमाडौंका १६ कलेजको सहभागिता रहने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन विश्व विद्यालयले नेपाल इन्जिनियरिङ कलेज (एनइसी) ‘बी’ को सामना गर्नेछ । भने दोस्रो खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ कलेज (एनइसी) ‘ए’ को सामना गर्नेछ ।
कलेज स्तरमा रहेका प्रतिभावान क्रिकेट खेलाडीहरूले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य तथा प्रतियोगिता संयोजक सुदिप शर्माले जानकारी गराए ।
यस्तै संयोजक शर्माले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडी र उदयमान अन्य ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले १ वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरू खेलाउने बताए ।
यस प्रतियोगिताले आउँदा दिनमा नेपालको पनि कलेज र विश्वविद्यालय क्रिकेटलाई थप व्यावसायिक बनाउने उद्देश्यले आउँदो वर्षदेखि कलेज र युनिभर्सिटी स्तरको लिग खेल गराउने पनि तयारी भइरहेको पनि संयोजक शर्माले जानकारी गराए ।
स्पोन्सर स्पोर्टस् ड्रिङ्सले मुख्य प्रायोजन गरेको प्रतियोगिताको अनुमानित खर्च करिव १० लाख हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख मेडल र ट्रफी पाउनेछ । यस्तै दोस्रो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]