default_image

8 years ago

April 1, 2017

सुपर-८ क्रिकेटको उपाधि पुलिसलाई

78 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्ट र देभिवास इभेन्ट्सको आयोजनामा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी सुपर ८ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टिप टपलाई ३ विकेटले पराजित गर्दै नगद रु. १ लाख र ट्रफी हात पार्यो

npc-cricket

शनिबार बिहान भएको पहिलो सेमीफाइनलमा टिप टपले नागर्जुना क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियोदोश्रो सेमिफाइनलमा भने नेपाल पुलिस क्लबले स्टर्म ब्र्यान्ड एक्टिभेसनलाई ८ रनले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो

फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको टिप टपले खराब सुरुवातका बाबजुद निर्धारित ७ ओभरमा ५ विकेट गुमाउदै ७८ रन जोड्योओपनर प्रकाश विष्ट र त्यसपछि सोनु तामाङ सस्तैमा आउट भएपछि संकटमा परेको टिप टपलाई कप्तान प्रसन्न शाक्य [२४(१२)] र सुबेन्दु पाण्डेको[२६(११)] इनिङले उकासेको थियो पुलिसका लागि मन्जित श्रेष्ठले ३ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिए

७९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको पुलिसले ओपनर शंकर रानाको ३२ रनको मद्दतले २ बल बाँकी रहँदा लक्ष्य प्राप्त गरेको थियो अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा रोहित पौडेलले पहिलो ३ बलमा १ रन खर्चेर २ विकेट लिएपछि पुलिसलाई केहि असहज हुने देखिएको थियो तर योगेन्द्र सिंह कार्कीले पहिलो बलमै ८ प्रहर गर्दै पुलिसलाई उपाधि दिलाए टिप टपका लागि प्रकाश विष्टले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका थिए पुलिसका लागि कुशल भुर्तेलले ९ बलमा २० रन बनाएका थिए

यसअघि प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलमा नागर्जुनाले स्टर्म ब्र्यान्ड एक्टिभेसनलाई ५ विकेटले पराजित गरेको थियो

प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट लगायतले पुरस्कृत गरेका थिए उपविजेता टिप टपले नगद रु. ५० हजार संगै ट्रफीमा चित्त बुझायो टिप टपका सोनु तामाङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए लिग चरणमा १२५ रन बनाएका तामाङले ट्रफीसंगै नगद रु. १० हजार प्राप्त गरे

पुलिसका कप्तान मन्जित श्रेष्ठले नगद रु. २५,००० संगै ट्रफी जिते उनले प्रतियोगिता अवधिभर १४९ रन प्रहार गर्दै ११ विकेट लिएका थिए समूह चरणमा १० विकेट लिएका नागर्जुनाका ललित राजवंशीले उत्कृष्ट बलरको उपाधि जिते उनले ट्रफीसंगै नगद रु. १० हजार प्राप्त गरे

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.