8 years ago
March 31, 2017
ढाका (एजेन्सी)– पाकिस्तानले राखेको दुई टि ट्वान्टी सिरिजको प्रस्तावलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले अस्वीकार गरेको छ । बिसिबीले सुरक्षाको कारण देखाउदै सिरिजका लागि पाकिस्तान नजाने निर्णय गरेको हो ।
पाकिस्तानमा खेल्ने प्रस्ताव अस्वीकार गर्ने दुई बर्षयता वेस्ट इन्डिज , आयरल्यान्ड र श्रीलंकापछि बंगलादेश चौथो टोली हो । पाकिस्तानले यो वर्षको जुलाईमा बंगलादेशलाई घरेलु मैदानमा खेल्न प्रस्ताव गरेको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष शाहरयार खानले बंगलादेशको निर्णय सुरक्षाको चासो भन्दा पनि राजनीतिक विषय रहेको आरोप लगाएका छन् ।
‘ हामि बंगलादेशलाई पाकिस्तानमा बोलाउन चाएपनि उनीहरु खेल्न आउने सम्भावना न्यून छ,’ उनले भने,‘मेरो बिचारमा यो सुरक्षाको समस्या भन्दा पनि राजनीतिक मुद्दा हो ।’ खानले बंगलादेशसँग क्षतिपूर्ति माग्ने पनि बताएका छन् । उनले थपे, ‘आइसिसीको बैठकमा यो कुरा उठाउछु र क्षतिपूर्ति माग्नेछु । ’
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]