8 years ago
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराउँदै नेपालले यात्रा टुंगाएको छ । नेपालले सुरुआती दुई खेलमा पाकिस्तान यू २३ को खेल ६ विकेट र आयोजक बंगलादेशसँगको खेल ८३ रनको हार बेहोरेको थियो ।
तर, बिहीबार हङकङविरुद्धको २ सय १५ रनको लक्ष्य ४२.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेर नेपालले यात्राको सुखद अन्त्य गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि नेपालका लागि सफल नतिजा निकाल्न सहज बनेको थियो । म्यान अफ दी म्याच बनेका ज्ञानेन्द्रले ७० रन बनाए भने चौथो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेका दीपेन्द्र ६० र शरद ५५ रनमा अविजित रहे ।
त्यसअघि नेपालले टस जितेर नेपालले ब्याटिङको निम्तो दिएको हङकङले ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । नेपालका लागि अभिनाष कर्णले ३, ज्ञानेन्द्रसँगै सुसन भारी, भूवन कार्कीले समान २ विकेट लिएका थिए ।
बंगलादेशबाट नेपाली टोलीका व्यवस्थापक एवंम् टेक्निकल एनालिस्ट रमश शिवाकोटीले पठाएका तस्बिरहरु ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]