8 years ago
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङविरुद्ध जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ ।
हङकङको आपनिङ जोडिको उत्कृष्ट सुरुआत दिलाउँदै नेपालको निर्णयलाई गलत सावित गराउने प्रयास गरेका थिए । कामेरुन म्याकुल्सन र अन्सुमन रथले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै नेपालमाथि दबाब बढाएका थिए । त्यस्तो अवस्थाबाट नेपाललाई खेलमा फर्काउन पार्ट टाइमर कप्तान ज्ञानेन्द्र मल्ल किफायती साविक तभए । उनले दुई ओभरको फरकमा दुवै ओपनरलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
ज्ञानेन्द्रले विकेट लिनुअघि अन्सुमनले अर्धशतक पुरा गरेका थिए । ६० बल खेलेका उनले ७ चौकाको मद्दतमा ५१ रन बनाए । ज्ञानेन्द्रले आफ्नै बलमा अन्सुमनलाई क्याच गरे । ७३ बलमा ४३ रन बनाएका क्यारुनले ५ चौका प्रहार गरे । वकास खानले ३०, साहिद वासिफले २२ र इशान खानले १३ रन बनाउनु बाहेक हङकङका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अभिनाष कर्णले ५ ओभरमा २९ रन दिएर ३ विकेट लिए । ज्ञानेन्द्रसँगै सुसन भारी, भूवन कार्कीले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपाल र हङकङ दुवैले समूह चरणका सुरुआती दुई खेल हारेका थिए । प्रतियोगितबाट बाहिरिसकेका दुई एसोसिएट राष्ट्रका दुई टोलीबीचको प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाइका रुपमा हेरिएको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]