default_image

8 years ago

March 28, 2017

इमर्जिङ नेसन्स कपमा बंगलादेशविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगालदेश यू २३ को सामना गर्नेछ । पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

nepali-cricket-team
पहिलो दिन बंगलादेशले पनि हङकङलाई ८ विकेटले हराएर विजयी सुरुआत गरिसकेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि आवश्यक रन जोडेको थियो ।

अर्को खेलमा ३५.१ ओभरमा हङकङलाई १ सय २५ रनमा अलआउट गरेको बंगलादेशले १६.१ ओभरमा २ विकेट गुमाएर आवश्यक रन जोडेको थियो ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.