default_image

8 years ago

March 27, 2017

नेपाल पाकिस्तानसंग ६ विकेटले पराजित

85 views

0 Bookmark

बंगलादेश (हाम्रो खेलकुद) – ओपनर इमाम उल हकको अविजित शतकीय इनिङ्ससंगै पाकिस्तान यु-२३ले एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ।

nepal-vs-pakistan-cricket

टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले १४ रनमात्र जोड्न सके।

ओपनर सुनिल धमलाले शरद भेषावकरसंग मिलेर पारीलाई उकासेका थिए। ओपनर सुनिल धमलाले १२५ बलमा ४३ रन बनाए भने उपकप्तान शरद भेषावकरले ५९ बलमा ३८ रनको पारी खेले। एक समय ४१/३को अवस्थामा रहेको नेपाली टोलीलाई शरद र सुनिलको चौथो विकेटका लागि गरेको ७९रनको साझेदारीले राम्रो स्थितिमा पुर्याएको थियो।

नेपालले निर्धारित ५० ओभरमा १८०/९को योगफल तयार पारेको थियो। बिनोद भण्डारीले मध्यक्रममा ३२ बल खेल्दै २४ रन बनाए। महबुब आलम भने पहिलो बलमै ओसामा मिरको बलमा एलबीडब्लु भएका थिए। पाकिस्तानका गुलाम मुसद्दरले ५ विकेट लिएका थिए। आरिफ शेख १८ रनमा अविजित रहे। अन्तिम १० ओभरमा ४६ रन जोडेको थियो भने इनिङको अन्तिम २ बलमा गुलामले सुशन र सन्दीपको विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ६७ रनको सुरुवाती साझेदारी संगै सुदृढ सुरुवात गर्यो। ओपनर इमरान बट २१ रन बनाउदैं सन्दिप लामिछानेको बलमा बोल्ड भएपछि तेश्रो नम्बरमा आएका हरिस सोहेललाई ज्ञानेन्द्र मल्लले १७ रनमा आफ्नै बलमा क्याच गरेका थिए।एकतर्फ बाट इमाम उल हकले रन जोडीरहँदा अर्कोतर्फ भने ब्याट्सम्यान फेरीइरहे।

त्यसपछि कप्तान मोहमद रिजवान १० र हुसेन टालट शुन्य रनमा आउट भएका थिए।  १३९/४को स्थितिमा रहँदा केहि दबावमा देखिएपनि  हम्माद आजमले अविजित २२ रन बनाउदै टोलीलाई जित तर्फ पुर्याए। ओपनर इमामले १३५ बलमा १०४ रनको अविजित पारी खेले। उनले ९ चौका प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलको ४६औं ओभरको पहिलो बलमा चौका प्रहर गर्दै इमामले पाकिस्तानको जित पक्का परेका थिए। नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले समान २/२ विकेट लिएका थिए।

नेपालले समूह चरणको दोश्रो खेलमा भोलि बंगलादेशको सामना गर्दैछ।

February 5, 2025

पुजाको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.