default_image

8 years ago

March 27, 2017

नेपालद्वारा पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत

63 views

0 Bookmark

बंगलादेश (हाम्रो खेलकुद) – एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दिएको छ।

sharad-veshwakar

टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले राम्रो सुरुवात गरेको थियो।  पाकिस्तानले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले १४ रनमात्र जोड्न सके।

ओपनर सुनिल धमलाले शरद भेषावकरसंग मिलेर पारीलाई उकासेका थिए। ओपनर सुनिल धमलाले १२५ बलमा ४३ रन बनाए भने उपकप्तान शरद भेषावकरले ५९ बलमा ३८ रनको पारी खेले। एक समय ४१/३को अवस्थामा रहेको नेपाली टोलीलाई शरद र सुनिलको चौथो विकेटका लागि गरेको ७९रनको साझेदारीले राम्रो स्थितिमा पुर्याएको थियो।

निर्धारित ५० ओभरमा १८०/९को योगफल तयार पारेको थियो। बिनोद भण्डारीले मध्यक्रममा ३२ बल खेल्दै २४ रन बनाए। महबुब आलम भने पहिलो बलमै ओसामा मिरको बलमा एलबीडब्लु भएका थिए। पाकिस्तानका गुलाम मुसद्दरले ५ विकेट लिएका थिए। आरिफ शेख १८ रनमा अविजित रहे।

अन्तिम १० ओभरमा ४६ रन जोडेको थियो भने इनिङको अन्तिम २ बलमा गुलामले सुशन र सन्दीपको विकेट लिएका थिए।

February 5, 2025

पुजाको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.