8 years ago
March 27, 2017
बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ।
टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ।
आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन भने शरद भेषवाकरले उपकप्तानको भूमिका निर्वाह गर्दैछन। यसबाहेक विनोद भण्डारी, सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी, सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख, अभिनाश कर्ण र दिलीप नाथ टोलीमा रहेका छन्। आसिफ शेख, भुवन कार्की, सुशन भारी र दिपेश श्रेष्ठ पनि टोलीमा समावेश गरिएका छन्।
नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार बिहान ८:४५ बजे सुरु हुनेछ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]