10 years ago
October 4, 2015
काठमाडौं, असोज १७
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट हटाइएको भन्ने गलत समाचारलाई लिएर उनले आफ्नो अगाडीको कदम सार्वजनिक गर्न लागेका हुन् ।
एक राष्ट्रिय दैनिकले शुक्रबारको अंकमा पारसलाई कप्तानबाट बर्खास्त गरेको समाचार प्रकाशित गरेको थियो । तर, शुक्रबारनै क्यानले विज्ञप्ती जारी गर्दै पारसलाई कप्तानबाट हटाउने कुनै निर्णय नभएको जनाएको थियो । शुक्रबार समाचार प्रकाशित भएपछि पारसले पहिले क्यानसँग कारवाही भएनभएको सोध्ने, समाचार गलत भए आफुले कानुनी उपचार खोज्ने बताएका थिए । पारसलाई कारवाही गरेको भन्ने विषयलाई समेत समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानसँग स्पष्टिकरण समेत मागेको छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]