8 years ago
March 26, 2017
बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत नेपालले सोमबारदेखि समूह चरणको खेलहरु खेल्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३ को सामना गर्नेछ।
आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन भने शरद भेषवाकरले उपकप्तानको भूमिका निर्वाह गर्दैछन। यसबाहेक विनोद भण्डारी, सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी, सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख, अभिनाश कर्ण र दिलीप नाथ टोलीमा रहेका छन्। आसिफ शेख, भुवन कार्की, सुशन भारी र दिपेश श्रेष्ठ पनि टोलीमा समावेश गरिएका छन्।
पहिलो खेलका लागि सुरुवाती एघारको छनोटनै टाउको दुखाईको विषय बन्ने निश्चित छ। सोमपाल कामी र करण केसीको अनुपस्थितिमा अभिनाश कर्णले फास्ट बलिङको जिम्मेवारी पाउने लगभग तय छ। अनुभवी स्पिनर शक्ति गौचन र बसन्त रेग्मीको अनुपस्थितिमा सुशन भारी र भुवन कार्कीले सन्दिप लामिछानेसंग खेल्ने सम्भावना रहेको छ।
ब्याटिङमा भने नेपालले केन्याविरुद्धकै रणनीति अपनाउने सम्भावना रहेको छ। ओपनर सुनिल धमला र कप्तान ज्ञानेन्द्र मल्ल पछि सागर पुन तेश्रो नम्बरमा आउनेछन्। त्यसपछि दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर र बिनोद भण्डारी क्रिजमा उत्रनेछन्। महबुब आलमले पनि अलराउण्डरमा आफ्नो भूमिका देखाउनेछन्।
नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार बिहान ८:४५ बजे सुरु हुनेछ।
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]