10 years ago
October 3, 2015
काठमाडौं, असोज १६ गते ।
राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ ।
अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा सहित आज राष्ट्रिय खेलकुद परिषदले क्यान संग स्पष्टीकरण मागेको हो ।
राष्ट्रिय टिमका खेलाडी हरुबाट बारम्बार क्रिकेट संघको बिरुद्ध गुनासोहरु आइरहेकोले पनि आफुहरुले बाध्य भएर लिखित स्पष्टीकरण माग गरेको राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिब केशब विष्टले जानकारी दिनुभएको छ । यसअघि केहि दिन अगाडी मात्र राष्ट्रिय टिमका खेलाडीहरु संगको छलफल पछि सदस्य सचिब विष्टले केहि समय भित्रै क्यान पुर्नगठन गर्ने तयारीमा रहको जानकारी समेत दिनुभएको थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]