8 years ago
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गर्ने गोर्खा राइनोज र श्रीलंकाका पूर्व र वर्तमान राष्ट्रिय राष्ट्रिय खेलाडी सम्मिलित लंकन लायन्सबीच अर्को महिना टि ट्वान्टी–२० श्रृखंला आयोजना हुने भएको छ ।
नेपाल र श्रीलंकाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० औं बार्षिकोत्सवको अवसरमा पारेर पेरिविंकल सर्भिसले तीन वटा टि ट्वान्टी क्रिकेट श्रृखंला आयोजना गर्न लागेको पेरिविंकलमा प्रमुख कार्यकारी अधिकृत दिपेश घलेले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा श्रृखंलाका खेल वैशाख १४, १६ र १८ गते हुने बताइएको छ ।
लंकन लायन्सको कप्तानी पूर्व राष्ट्रिय खेलाडी अरविन्द डि सिल्भाले सम्हाल्नेछन् । लंकन राइनोजको टिममा श्रीलंकाबाट पूर्व खेलाडी सनथ जयसूर्या, राष्ट्रिय टोलीका वर्तमान खेलाडी उपुल थरंगा, रंगना हेराथ, दिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा सिल्भातारा नेपाल आउने छन् । यस्तै टोलीमा श्रीलंकाका पूर्व खेलाडी चामिन्दा भास, रोमेस कालुवितरणा, उपुल चन्दना, फर्भेज महारूफ, दिलहरा फर्नान्डो र कौशल्या बैनारत्नेले पनि टिममा रहने आयोजकले दाबी गरेका छन् । ‘यस्तो खालको प्रतियोगिता गर्न हामीले दुईवर्ष अघिबाट प्रयास थालेका थियौं । अहिले सफल भएका छौं,’ सिइओ घलेले भने, ‘प्रतियोगिता सफल भएमा अर्काे पटक कुनै अरु टिमलाई ल्याएर यस्तै खालको प्रतियोगिता आयोजना गर्ने लक्ष्य बनाएका छौं ।’
यस्तै नेपालको प्रतिनिधित्व गर्ने गोर्खा राइनोजको टिमको अन्तिम नामावली भने क्रिकेट प्लेयर एसोसिएसन नेपाल(सिप्यान) ले गर्न राष्ट्रिय टिमका कप्तान पारस जानकारी गराए । नेपाली टोलीबाट खेल्ने खेलाडीहरू भने पछि तय हुने पेरिविकलका सिइओ घलेले जानकारी दिए । पारसले श्रीलंकाका नाम चलेका वर्तमान र पूर्व खेलाडी आउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो सन्देश जाने विश्वास व्यक्त गरे । ‘ हाम्रो लागि यो राम्रो एक्सपोजर हो । हामीलाई विगतमा दुई जना श्रीलंकन प्रशिक्षकले प्रशिक्षण दिइसक्नु भएको छ अनुवभ पनि छ,’ पारसले थपे,‘ राम्रो प्रतिद्वन्द्विसँग खेल्दा हामीले अनुभव बटुल्ने र सिक्ने मौका पाउँछौं । मलाई विश्वास छ , खेल निकै रमाइलो हुनेछ । यो नेपाली क्रिकेटका लागि एउटा राम्रो मौका हो । ’ पारसले यस्ता खाले क्रिकेट आयोजनाले नेपाल ठूला प्रतियोगिता आयोजनाका लागि सफल राष्ट्र हो भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्ने विश्वास व्यक्त गरे ।
श्रृंखलाको समापनमा पेरिविंकलले राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तमकर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका पुरुष कप्तान कृतनश्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आईसीसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधान रहेका सम्मान गर्ने बताइएको छ ।
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुने जनाएको छ । त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा परेको छ । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेश पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै फलोअनमा परेको हो । टेस्ट क्रिकेटमा कुनै टोली २ सय रनले पछि परे फलोअनमा पर्दछन् । दुईदिवसीय […]
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ब्याटरद्वय अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि फराकिलो अग्रता बनाएको छ । जय ट्रफी मेन्स एलिट कपको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध पहिलो इनिङ्समा १ सय ३ रनको अग्रता बनाएको छ । पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो […]